महिन्द्राका गाडी किन्ने विचार छ ? बोलेरो, स्कर्पियो मोडल तथा अन्य एसयूभी र ईभीको यस्तो छ मूल्य सूची

काठमाडौं – नेपालमा महिन्द्रा गाडीको आधिकारिक वितरकको रुपमा अग्नि इन्कर्पोरेटेड प्रालिले कार्य गरिरहेको छ । भारतमा निर्मित महिन्द्राका विभिन्न मोडलका गाडीहरु नेपाली बजारमा समेत निकै नै रुचाइएका छन् ।

विशेष गरी महिन्द्राका बोलेरो, स्कर्पियो लगायका पिकअप पहाडी सडकमा समेत लोकप्रिय छन् । महिन्द्रा बोलेरो सिंगल क्याब र डबल क्याबमा उपलब्ध छ भने स्कर्पियो डबल क्याबमा मात्र उपलब्ध छ । बोलेरो सिंगल क्याबको मूल्य २४ लाख ३० हजार देखि सुरु हुन्छ भने डबल क्याबको मूल्य ३० लाख १५ हजार रुपैयाँ देखि सुरु हुन्छ ।

महिन्द्रा स्कर्पियो पिकअप दुई भेरिएन्टमा उपलब्ध छ र यसको मूल्य ४७ लाख १५ हजार र ५१ लाख ४० हजार रुपैयाँ छ ।

बोलेरो र स्कर्पियो एसयूभी मोडलमा पनि उपलब्ध छन् । बोलेरो नियोको मूल्य ५३ लाख रुपैयाँ छ भने स्कर्पियो क्लासिक र एन गरी विभिन्न ६ मोडलमा उपलब्ध छ । यसको मूल्य समेत फरक फरक छ ।

महिन्द्राका अन्य एसयूभी समेत नेपाली बजारमा उपलब्ध छन् । महिन्द्रा एक्सयूभी३००, एक्सयूभी ३एक्सओ, एक्सयूभी७०० लगायतका मोडल नेपाली बजारमा उपलब्ध छन् ।

त्यसैगरी महिन्द्रा एक्सयूभी४०० ईभी समेत नेपाली बजारमा उपलब्ध छ । यसको मूल्य ५२ लाख ५० हजार रुपैयाँ छ ।

महिन्द्राका सबै मोडलको पछिल्लो मूल्य सूची यस प्रकार छ :

सम्बन्धित समाचारहरू

पाल्पाको रामपुरमा महिन्द्राले बिस्तार गर्यो सर्भिस र स्पेयर सहितको नयाँ नेटवर्क

पाल्पाको रामपुरमा महिन्द्राले बिस्तार गर्यो सर्भिस र स्पेयर सहितको नयाँ नेटवर्क

महिन्द्रा प्यासेन्जर कार तथा पिकअपको नेपालका लागि आधिकारिक बितरक अग्नी...

जीपले यो बर्ष भारतमा ३ वटा एसयुभी लन्च गर्ने

जीपले यो बर्ष भारतमा ३ वटा एसयुभी लन्च गर्ने

अमेरिकन ब्रान्ड जीपले यो बर्ष भारतमा तीनवटा एसयुभी लन्च गर्ने बताएको छ ।...

कुरिनटारमा खुल्यो महिन्द्राको थ्रीएस सुविधा सहितको नयाँ शोरुम

कुरिनटारमा खुल्यो महिन्द्राको थ्रीएस सुविधा सहितको नयाँ शोरुम

महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक वितरक अग्नि ग्रुपले कुरिन्टारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...