महिन्द्रा मराजो एमपीभी र केयूभी १०० एनएक्सटी माइक्रो एसयूभीको उत्पादन बन्द हुने

महिन्द्रा मराजो एमपीभी र केयूभी १०० एनएक्सटी माइक्रो एसयूभीको उत्पादन बन्द हुने भएको छ । अटोकार इन्डियाले प्रकाशित गरेको समाचार अनुसार बजारमा राम्रो पकड कायम गर्न नसकेका यी मोडलको उत्पादन बन्द गरेर कम्पनीले राम्रो सम्भावना भएका अन्य मोडलतर्फ ध्यान केन्द्रीत गर्नेछ ।

राम्रा इक्विपमेन्टका साथ उपलब्ध र प्रशस्तै स्पेस भएको र सुविधाजनक १.५ लिटर डिजेल इन्जिनयुक्त एमपीभी महिन्द्रा मराजोले गत जनवरी यता ७११ युनिट मात्र बिक्री भएको छ, जबकी यही अवधिमा यही सेगमेन्टका टोयोटा इनोभा क्रिस्टा १९ हजार ३ सय युनिट र मारुती सुजुकी अर्टिगा ३७ हजार २८६ युनिट बिक्री भएका छन् ।

अब आगामी दिनमा महिन्द्रा मराजोमा कुनै अपडेट गरिने छैन । बरु महिन्द्राले पहिले देखि नै योजना गरिरहेको एमस्टालियोन रेन्जको १.५ लिटर टर्बो पेट्रोल इन्जिनयुक्त गाडी बजारमा उपलब्ध गराइने छ । अटो एक्सपो २०२० मा प्रदर्शन गरिएको सो गाडी अल न्यु महिन्द्रा एक्सयूभी ५०० को रुपमा सन् २०२४ मा लन्च गरिने छ ।

त्यसैगरी महिन्द्रा केयूभी १०० पनि यो अवधिमा २१ युनिट मात्र बिक्री भएको छ, जबकी यही अवधिमा यसका प्रतिस्पर्धी फोर्ड फ्रिस्टाइल ३ हजार ५६४ युनिट र मारुती इग्निस १६ हजार ७५ युनिट बिक्री भएका छन् ।

यद्यपि महिन्द्रा केयुभी १०० आगामी दिनमा ईकेयूभीको रुपमा बजारमा उपलब्ध हुनेछ, जुन अटो एक्सपो २०२० मा प्रदर्शन गरिएको थियो । यसले हाल बजारमा उपलब्ध ईटुओ र इटुओ प्लसको स्थान लिनेछ ।

सो इलेक्ट्रिक कार आगामी २०२२ को शुरुमा बजारमा आउने छ । यसको रेन्ज १४७ किलोमिटर हुनेछ, जसमा १५.९ किलोवाट आवरको ब्याट्री हुनेछ भने ५५ एचपीको पावर दिनेछ ।

नेपाली बजारमा पनि यी दुई मोडलका गाडी बिक्रीका लागि उपलब्ध भए पनि खासै राम्रो प्रतिक्रिया पाएका छैनन् ।

सम्बन्धित समाचारहरू

महिन्द्रा थार रक्सको विशेष संस्कण लन्च, मूल्य कति ?

महिन्द्रा थार रक्सको विशेष संस्कण लन्च, मूल्य कति ?

महिन्द्राले थार रक्सको विशेष संस्करण लन्च गरेको छ । स्टार एडिसनको नामले...

एक्सयुभी ७०० को ५ सिटर भेरिएन्ट अव उत्पादन नहुने

एक्सयुभी ७०० को ५ सिटर भेरिएन्ट अव उत्पादन नहुने

महिन्द्राले एक्सयुभी ७०० को ५ सिटर भेरियन्ट बन्द गरेको छ । एसयुभी अब ६ सिटर...

परीक्षणको क्रममा देखिएको महिन्द्रा एक्सयूभी ७०० ईभी चाँडै लन्च हुने सम्भावना

परीक्षणको क्रममा देखिएको महिन्द्रा एक्सयूभी ७०० ईभी चाँडै लन्च हुने सम्भावना

महिन्द्राले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी महिन्द्रा एक्सयूभी ७०० ईभीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...