महिन्द्रा मराजो ७ सिटर एसयूभी वेबसाइटबाट हटाइयो, यस्तो छ कारण

एसयूभी सेग्मेन्टमा धेरै उत्कृष्ट उत्पादन उपलब्ध गराउने महिन्द्राले भारतीय बजारबाट एउटा गाडी हटाएको छ । महिन्द्राले आफ्नो आधिकारिक वेबसाइटबाट एमपीभी सेगमेन्टमा अफर गरिएको मराजो  हटाएको छ। कम्पनीले सो एमपीभी ७ सिटको विकल्पमा उपलब्ध गराउँदै आएको थियो ।

करिब एक वर्षदेखि सो गाडीको बिक्रीमा लगातार गिरावट आएको थियो । महिन्द्राले मराजो एमपीभी मा १.५ लिटर टर्बो डिजेल इन्जिन उपलब्ध गराएको थियो, जसका कारण गाडीले १२१ बीएचपी र ३०० न्यूटन मिटर टर्क जेनेरेट गर्छ । यसमा कम्पनीले ६ स्पिड गियरबक्स दिएको छ ।

महिन्द्रा मराजोमा रियर एसी भेन्ट, दोस्रो लाइनमा क्याप्टेन सिट, वन टम्बल, रियर सन ब्लाइन्ड, स्टेयरिङ कन्ट्रोल, डुअल टोन इन्टेरियर, एबीएस, ईबीडी, एयरब्याग, किलेस इन्ट्री, सेभेन इन्च इन्फोटेनमेन्ट सिस्टम, एप्पल कार प्ले, एन्ड्रोइड अटो जस्ता फिचर दिइएको थियो । सो एसयूभीको प्रतिस्पर्धा मारुती अर्टिगा र किया क्यारेन्ससँग थियो ।

महिन्द्रा मराजो नेपाली बजारमा सार्वजनिक भए पनि बिक्री भने गरिएको थिएन । पहिले देखि नै यसको उत्पादन बन्द गरिने समाचार सार्वजनिक भएको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...