स्कर्पियोको दुई मोडल, दुई फरक लक्षित ग्राहक
भारतीय अटो निर्माता महिन्द्राले केही दिनपहिले नयाँ स्कर्पियो एन...
हालै महिन्द्राको प्रमुख एमपीभी महिन्द्रा मराजो बन्द हुने हल्ला चलेको थियो । यद्यपि यो वास्तविकता नभएको कम्पनीले जनाएको छ । महिन्द्राको एमपीभी मराजो अटोसिफ्ट गियरबक्सको साथमा लन्च गरिने भएको छ ।
यो नयाँ १.५ लिटर ४ सिलिन्डर टर्बाेचार्ज्ड पेट्रोल इन्जिनमा प्रस्तुत नगरिने बताइएको थियो । जसको बारेमा भन्ने गरिन्छ यो २०२४ मा नयाँ जेनेरेसन एक्सयूभी५०० पाँच सिटर मिड साइज एसयूभीमा डेब्यू गर्नेछ ।
रिपोर्टका अनुसार मराजो र केयूभी१०० महिन्द्राको प्रोडक्ट पोर्टफोलियोका अभिन्न अङ्ग हुन् । कम्पनीले मराजो र केयूभी १०० लाई बीएस६ एडिसनमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले चाँडै नै अटोसिफ्ट गियरबक्सको साथमा लन्च गर्ने भएको छ । कम्पनीका अनुसार केयूभी १०० ग्लोबल बजारमा निकै लोकप्रिय रहेको छ । केयूभी १०० को निर्यात पनि बढ्दै गइरहेको छ ।
सम्भवतः सो मोडलको इन्ट्रि लेवल एसयूभी मात्र निर्यात गरिनेछ । जबकि यसको इलेक्ट्रिक भर्सन अर्काे वर्ष पेश गरिनेछ । महिन्द्रा मराजो एएमटीमा १.५ लिटर, चार सिलिन्डर, डिजेल इन्जिन समावेश गर्नेछ । जसले १२१ बीएचपीको पावर र ३०० एनएमको टर्क जेनेरेट गर्छ । हाल सो इन्जिन ६ स्पिड म्यानुअल गियरबक्सको साथमा उपलब्ध रहेको छ ।
महिन्द्रा मराजोमा ड्राइभर र को–ड्राइभर सिटको लागि लम्बर सपोर्ट, हाइट एडजस्टेबल ड्राइभर सिट, अटोमेटिक एसी, फलो मी होम हेडल्याम्प जस्ता फिचर रहेको छ । मराजोमा जीपीएस नेभिगेसनको साथमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र रियर पार्किङ क्यामेरा समावेश गरिएको छ ।
महिन्द्रा केयूभी१०० एनएक्सटीमा पावर दिनको लागि १.२ लिटर, ३ सिलिन्डर पेट्रोल इन्जिन समावेश गरिएको छ । जसले ५५०० आरपीएममा ८२ बीएचपीको पावर र ३५००–३६०० आरपीएममा ११५ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ५ स्पिड म्यानुअल ट्रान्समिसनको साथमा उपलब्ध रहेको छ ।
भारतीय अटो निर्माता महिन्द्राले केही दिनपहिले नयाँ स्कर्पियो एन...
महिन्द्रा एण्ड महिन्द्राको सहायक कम्पनी महिन्द्रा लास्ट माइल मोबिलिटी...
भारतीय अटो निर्माता महिन्द्रा एण्ड महिन्द्राले नयाँ स्कर्पियो एनको वुकिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...