लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
सुर्खेत–एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...
महिन्द्राले लास्ट माइल मोबिलिटी सेग्मेन्टलाई लक्षित गरी ‘उडो’ अल–इलेक्ट्रिक अटोरिक्सा सार्वजनिक गरेको छ । मोनोकोक चेसिसमा आधारित उक्त रिक्साको मूल्य ३ लाख ५९ हजार भारु निर्धारण गरिएको छ ।
सो नयाँ अटो रिक्साको डिजाइन हवाईजहाजबाट प्रेरित रहेको कम्पनी भनाई छ । त्यसैले यसको नाम उडो दिइएको हो, जसको हिन्दीमा अर्थ ’उडान’ भन्ने हन्छ । अटोरिक्साको पछाडी फराकिलो सिट उपलब्ध गराइएको छ, जसले राम्रो लेगरूम र हेडरूम प्रदान गर्दछ ।
उडो अटो रिक्साको डिजाइन प्रख्यात डिजाइनर प्रताप बोसले तयार पारेका हुन् । रिक्सामा फ्ल्याट सर्फेस र शार्प एंगल भएको बक्सी प्रोफाइल दिइएको छ । यसमा उच्च रेक्ड विन्डशील्ड, बोल्ड हेडल्याम्प भएको ठाडो फ्रन्ट फेसिया,र पछाडिको प्यानलमा ’महिन्द्रा’ अक्षर लेखिएको ठाडो टेललाइट राखिएका छन् ।
उडोमा ११.७ किलोवाट आवर क्षमताको लिथियम–आयन ब्याट्री र १३.४ बिएचपी तथा ५२ एनएम टर्क जेनेरेट गर्ने विद्युतीय मोटर उपलब्ध गराइएको छ । ५५ किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिने सो रिक्साले एकपटकको फुल चार्जमा २६५ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।
साथै, यसमा रेन्ज, राइड र रेस गरी तीनवटा ड्राइभिङ मोड उपलब्ध छ । महिन्द्राले यसमा रिजेनेरेटिभ ब्रेकिङ सिस्टम सहित फर्स्ट–इन–सेगमेन्ट रिभर्स थ्रोटल, हिल होल्ड असिस्ट र क्रिप फंक्सन जस्ता सुविधा उपलब्ध गराएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...