महिन्द्रा र हिरो इलेक्ट्रिक मिलेर विद्युतिय साधन उत्पादन गर्ने

महिन्द्रा र हिरोको संयुक्त साझेदारीमा बिद्युतिय साधन उत्पादन हुने भएको छ । जसका लागि भारतमा हिजो महिन्द्रा ग्रुप र हिरो इलेक्ट्रिले एकआपसमा समझदारी गरेका छन् । बिद्युतिय साधनको बढ्दो मागलाई मध्यनजर गर्दै यी दुई कम्पनीले भबिष्यमा नयाँ मोडलका टु ह्विलर, थ्री ह्विलर र फोर ह्विलरलाई बिकास गर्दै जाने बताएका हुन् ।

उनीहरुको यो साझेदारीले पहिलो चरणमा प्यूजो मोटरसाइकलाई बिद्युतिय मोडलमा रुपान्तरण थाल्ने बताइएको छ । फ्रेन्च ब्रान्ड प्यूजो मोटरसाइकललाई यसअघि नै महिन्द्राले आफू मातहात ल्याइसकेको छ ।

बिद्युतिय टु ह्विलरमा भारतको अग्रणी उत्पादक मानिने हिरो इलेक्ट्रिकले महिन्द्रा मातहत रहको प्यूजो मोटरसाइकलसंग साझेदारी अघि बढाएपछि भोलीका दिनमा नयाँ मोडल बिकास गर्न सहज हुने कम्पनीका प्रबन्ध निर्देश नबिन मुन्जालले बताएका छन् । भारतमा महिन्द्राको निकै राम्रो बितरण प्रणालि भएका कारण भबिष्यमा यो साझेदारीले उत्साहपूर्ण नतिजा दिने उनको भनाई छ ।

त्यसैगरी महिन्द्रा टु ह्विलरको नाममा मोटरसाइकल तथा स्कुटर उत्पादन गरि बिक्री बितरण थालेपनि महिन्द्रा यसमा सफल हुन सकिरहेको थिएन । उसलाई समेत यो सेग्मेन्टमा एउटा बलियो र अनुभबी साझेदारको आबश्यकता रहेको थियो । जसका कारण यी दुई कम्पनीबिच साझेदारी हुन पुगेको हो ।

सम्बन्धित समाचारहरू

बीवाईडी अल न्यु ई६ पुरानै मूल्यमा : लिमिटेड स्टक उपलब्ध

बीवाईडी अल न्यु ई६ पुरानै मूल्यमा : लिमिटेड स्टक उपलब्ध

काठमाडौं – आगामी आर्थिक वर्षको लागि सरकारले १०० किलोवाट भन्दा माथिका...

टाटाका ईभीको अब हुनेछ नयाँ पहिचान, नयाँ ब्रान्ड हुनेछ Tata.ev

टाटाका ईभीको अब हुनेछ नयाँ पहिचान, नयाँ ब्रान्ड हुनेछ Tata.ev

टाटा मोटर्सले आफ्ना प्यासेन्जर ईभीका लागि नयाँ ब्रान्ड लन्च गरेको छ । सो...

पाँच बर्षभित्र १४ नयाँ इभी ल्याउने कियाको योजना

पाँच बर्षभित्र १४ नयाँ इभी ल्याउने कियाको योजना

कोरियन अटो निर्माता कियाले सन् २०२७ सम्ममा १४ वटा मोडलका इलेक्ट्रिक कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...