अग्नि ग्रुपले खोल्यो भक्तपुर सूर्यविनायकमा सर्भिस सेन्टर

काठमाडौं – महिन्द्रा फोर ह्विलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवर्क्स प्रालिले सूर्यविनायक–१० भक्तपुरमा महिन्द्रा फोर ह्विलर सवारी साधनहरूको आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । कम्पनीका अनुसार सेवा केन्द्र ‘भक्तपुर मोटो टेक’ त्यस क्षेत्रका लागि बालाजु अटो वर्क्सको अधिकृत सुसज्जित डिलर हो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई, बालाजु अटो वर्क्सका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मा, भक्तपुर मोटो टेकका प्रबन्ध निर्देशक प्रयास बुढाथोकी, सूर्यविनायक नगरपालिकाका मेयर वासु थापा, नेपाली नायिका अदिती बुढाथोकी र जगाती परिसरका डिएसपी राजेश थापाद्वारा सर्भिस सेन्टरको संयुक्त रूपमा उद्घाटन गरियो । कार्यक्रममा स्थानीय प्रतिनिधिहरूको पनि उपस्थिति थियो । ‘यो सेवा केन्द्र स्थापना गर्नुको उद्देश्य भक्तपुर र यसका वरपरको क्षेत्रका ग्राहकहरूलार्ई सुविधाजनक र किफायती सेवा पु¥याएर उहाँहरूलाई कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ पु¥याउने उद्देश्य रहेकोे छ,’कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बालाजु अटो वर्क्सका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्माका अनुसार सबै महिन्द्रा सर्भिसिङ केन्द्रहरूमा ग्राहकहरुलाई अधिकतम सन्तुष्टि दिनका लागि निरन्तर गुणस्तरीय सेवा प्रदान गर्नमा कम्पनी बढी केन्द्रित रहँदै आएको बताएको छ । सर्भिस सेन्टरले आफ्ना ग्राहकहरूलाई महिन्द्रा अटोमोबाइल्सका स्कर्पियो, बोलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० र थारलगातका सबै उत्पादन श्रृंखलाको बिक्री–सेवा र सक्कली स्पेयर पार्ट्स उपलब्ध गराउनमा समर्पित हुनेछ । भक्तपुर मोटो टेकका प्रबन्ध निर्देशक प्रयास बुढाथोकीका अनुसार कम्पनीको प्रमुख उद्देश्य महिन्द्राको सवारी साधनका लागि सर्भिसिङ र सक्कली स्पेयर पार्ट्स प्रदान गर्नु हो । यो सर्भिसिङ सेन्टरले महिन्द्रा सवारी साधनका ग्राहकको आफ्नै मूल स्थानमा गुणस्तरीय सेवा सुविधा पु¥याउने आशा पूरा गर्ने बताइएको छ ।    

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...