टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्नको लागि महिन्द्रा ईएक्सयूभी३०० आउँदै

महिन्द्रा एन्ड महिन्द्राले अटोमोबाइल क्षेत्रमा नयाँ प्रोडक्ट लन्च गर्ने भएको छ । कम्पनीले हालै महिन्द्रा एक्सयूभी७०० लन्च गरेको थियो । महिन्द्राको अपकमिङ इलेक्ट्रिक मिड साइज एसयूभी महिन्द्रा ईएक्सयूभी३०० को बारेमा जानकारी सार्वजनिक भएको छ ।

महिन्द्रा ईएक्सयूभी३०० सन २०२२ को जुन जुलाई वा २०२३ को सुरुवातमा लन्च गर्ने सम्भावना रहेको छ । सो इलेक्ट्रिक भेरिएन्ट टाटाको नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्नेछ । भारतमा टाटा नेक्सन इलेक्ट्रिक हाल बिक्री भइरहेको छ । कम्पनीले महिन्द्रा एक्सयूभी३०० इलेक्ट्रिक भन्दा पहिला नै महिन्द्रा ईकेयूभी१०० लन्च गर्ने अनुमान गरिएको छ । जसको मूल्य १० लाख भारु हुनेछ ।

महिन्द्रा ईएक्सयूभी३०० सबैभन्दा पहिले २०२० अटो एक्सपोमा सार्वजनिक गरिएको थियो । जसलाई २०२० मा लन्च गर्ने अनुमान गरिएको थियो । यद्यपि १ वर्षको अन्तरालमा पनि सो एसयूभीको लन्चिङ समयको बारेमा जानकारी कसैलाई थिएन ।

महिन्द्राले आउँदो समयमा नयाँ नयाँ इलेक्ट्रिक गाडी लन्च गर्ने भएको छ । यसमा एसयूभी र एमपीभी सेगमेन्टको न्यु जेनेरेसन स्कोर्पियो, बोलेरो नियो प्लस र मराजो एएमटी समावेश रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...