महिन्द्राका दुई नयाँ ईभी बीई६ र एक्सईभी ९ई नेपालमा लन्च हुँदै, मूल्य सार्वजनिक

काठमाडौं – महिन्द्राका दुई नयाँ ईभी बीई६ र एक्सईभी ९ई नेपाली बजारमा उपलब्ध हुने भएका छन् । भारतमा केही समय पहिले नै लन्च भइसकेको भए पनि नेपाली बजारमा भने यी दुई ईभी अझै उपलब्ध छैनन् । तर अब भने नेपाली ग्राहकले समेत यी दुई ईभी पाउने भएका छन् ।

महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गतको अग्नि इनर्जीले भन्सार प्रयोजनका लागि यी दुई ईभीको मूल्य सार्वजनिक गरेको छ । यस अनुसार महिन्द्रा बीई६ का दुई भेरिएन्ट नेपाली बजारमा उपलब्ध हुनेछन् । यी दुई भेरिएन्टको मूल्य क्रमशः ७६ लाख ३० हजार र ८३ लाख ८० हजार रुपैयाँ हुनेछ ।

त्यसैगरी एक्सईभी ९ईका तीन भेरिएन्ट नेपालमा उपलब्ध हुनेछन् । यी तीन भेरिएन्टको मूल्य क्रमशः ७७ लाख ६५ हजार, ८७ लाख १५ हजार र १ करोड ७ लाख रुपैयाँ हुनेछ । यद्यपि लन्चिङ समय सम्ममा यो मूल्यमा केही परिवर्तन पनि हुन सक्छ । केही दिनमै यी दुई गाडी नेपाली बजारमा सार्वजनिक हुने कम्पनीको तयारी रहेको बताइएको छ ।

महिन्द्राका यी दुई ईभीले हाल निकै नै चर्चा पाएका छन् । भारतीय बजारमा निकै नै रुचाइएका यी मोडल नेपाली बजारमा पनि धेरैको रोजाइमा पर्ने अनुमान गरिएको छ । दुवै गाडीमा ९९ किलोवाटको मोटर छ भने एक्सईभी ९ईको एउटा भेरिएन्टमा १९९ किलोवाटको मोटर छ ।

कम्पनीले सो दुबै एसयूभीमा ५९ किलोवाट र ७९ किलोवाटसम्मको ब्याट्री प्याक उपलब्ध गराएको छ । यसमा एलएफपी केमिस्ट्री भएको ब्याट्रीहरू छन् जसलाई अल्ट्रा फास्ट चार्जिङले सपोर्ट गर्छ । यसलाई १७५ किलोवाटको चार्जरको मद्दतले २० मिनेटमा २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

एक्सईभी ९ई र बीई ६ को ५९ किलोवाट ब्याट्री प्याकले २३१ एचपीको पावर उत्पादन गर्छ र ७९ किलोवाट ब्याट्री प्याकले २८६ एचपीको पावर र ३८० एमएमको टर्क जेनेरेट गर्छ । यी दुवै एसयूभीहरू ६.७ सेकेन्डमा ०-१०० किलोमिटर प्रतिघण्टाको गतिमा चलाउन सकिन्छ। बीई ६ ले सिंगल चार्जमा ६८२ किलोमिटर र एक्सईभी ९ई ले सिंगल चार्जमा ६५६ किलोमिटर रेन्ज प्रदान गर्छ । महिन्द्राका यी दुवै इलेक्ट्रिक एसयूभीमा लाइफटाइम ब्याट्री वारेन्टी दिइएको छ ।

सम्बन्धित समाचारहरू

मस्कले अबको दुई वर्षसम्म विद्युतीय गाडी निर्माण कम्पनी टेस्लाको सेयर नबेच्ने

मस्कले अबको दुई वर्षसम्म विद्युतीय गाडी निर्माण कम्पनी टेस्लाको सेयर नबेच्ने

काठमाडौं – अरबपति तथा ट्वीटरका मालिक इलन मस्कले अबको दुई वर्षसम्म...

थापाथलीमा खुल्यो जीएसी आयोन वाईको फ्ल्यागसिप शोरुम, आयोन एस र हाइपर ईएस अनावरण

थापाथलीमा खुल्यो जीएसी आयोन वाईको फ्ल्यागसिप शोरुम, आयोन एस र हाइपर ईएस अनावरण

काठमाडौं – इलेक्ट्रिक भेइकल जीएसी मोटर्सको नेपालका लागि आधिकारिक...

पानोरामिक सनरुफ सहित आउँदै महिन्द्रा एक्सयूभी–३०० फेसलिफ्ट

पानोरामिक सनरुफ सहित आउँदै महिन्द्रा एक्सयूभी–३०० फेसलिफ्ट

महिन्द्राले आफ्नो लोकप्रिय एसयूभी एक्सयुभी–३०० को फेसलिफ्ट तयार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...