४ दिनपछि सार्बजनिक हुँदै छ महिन्द्राको इलेक्ट्रिक रिक्सा ’ट्रियो’

महिन्द्रा प्यासेन्जर कारको आधिकारिक बितरक अग्नी ग्रुुपले अबको ४ दिपछि अर्थात कात्तिक ९ गते इलेक्ट्रिक रिक्सा ट्रियोलाई नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । अग्नि ग्रुप अन्तर्गतको अग्नि इनर्जीले यो इ–रिक्साको बिक्री बितरण गर्न लागेको हो ।

बिद्युतबाट चल्ने यो रिक्सा मार्फत चालक र यात्रुले आर्थिक बचत, उत्कृष्ट प्रस्तुति, आरामदायी लगायतको विशेषता लिन सक्ने दाबी गरिएको छ । रिक्सामा विन्ड स्क्रिनिङ वाइपर, स्पेयर व्हिल प्रोभिजन, तीनवटा ड्राइभिङ मोड (लो, मिडीयम र हाइ), लकेबल ग्लोभ बक्स, ग्राब ह्याण्डल, १२ भोल्टको सकेट, हजार्ड इन्डिकेटर लगायत सुविधा समावेश गरिएको छ ।

४८ भोल्टको लिथियम आयोन ब्याट्री जडान गरिएको रिक्सा भेरियन्ट अनुसार न्युनतम अढाई घण्टा देखि अधिकतम साढे तीन घण्टामा फुल चार्ज हुनेछ । डाइरेक्ट ड्राइभ ट्रान्समिसन जडान गरिएको यो रिक्साको अधिकतम टर्क ३० एनएमसम्म रहने जनाइएको छ । भेरियन्ट अनुसार यसमा हाइड्रोलिक र मेकानिकल ब्रेक जडान गरिएको छ । यो भिन्न ४ भेरियन्टमा उपलब्ध हुनेछ ।

नेपाली बजारमा हाल बजाज, टिभिएस, पियाजिओ र अतुल ब्रान्डका रिक्सा बिक्री हुँदै आइरहेकोमा ट्रिओ समेत थप भएपछि बजार थप प्रतिस्पर्धात्मक बन्ने देखिएको छ ।

सम्बन्धित समाचारहरू

स्कोपिैयो एक्स बनेर आधुनिक फिचरका साथ आउँदै स्कोर्पियोको नयाँ भर्सन

स्कोपिैयो एक्स बनेर आधुनिक फिचरका साथ आउँदै स्कोर्पियोको नयाँ भर्सन

महिन्द्राले ‘स्कोर्पियो एक्स’ ट्रेडमार्क नेम दर्ता गरेको छ । यसका आधारमा...

असफल भयो महिन्द्रा र साङयोङ बिचको साझेदारी, बिक्री भयो साङयोङको सबै स्वमित्व

असफल भयो महिन्द्रा र साङयोङ बिचको साझेदारी, बिक्री भयो साङयोङको सबै स्वमित्व

महिन्द्रा एन्ड महिन्द्रा र कोरियन अटो मेकर साङयोङ बिचको साझेदारी अन्तत...

महिन्द्राले रच्यो इतिहास : विश्वको टप २५ अटो कम्पनीमा सामेल

महिन्द्राले रच्यो इतिहास : विश्वको टप २५ अटो कम्पनीमा सामेल

भारतको प्रसिद्ध अटो निर्माता कम्पनी महिन्द्रा एन्ड महिन्द्राले आर्थिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...