बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
महिन्द्रा एन्ड महिन्द्राले छिटै नै इलेक्ट्रिक केयूभी१०० लन्च गर्ने तयारी गरेको छ । आगामी तीन महिनमा यो भारतीय डिलरहरुमा उपलब्ध हुने अनुमान गरिएको छ ।
२०२० फेब्रुअरीमा सम्पन्न अटो एक्सपोमा केयूभी एनएक्सटीमा आधारित इलेक्ट्रिक केयूभी१०० को प्रिमियम सार्वजनिक गरेको थियो । सो कारको सुरुवाती मूल्य ८ लाख २५ हजार भारु एक्स शोरुम मूल्य थियो ।
महिन्द्रा ई–केयूभी १०० ले छुट्टै बजार हिस्सा बनाउने अनुमान गरिएको छ । सो कार मड्युलर मेस्मा प्लेटफर्ममा आधारित हुनेछ । यसमा १५.९ केडब्ल्युएचको व्याट्री र एक इलेक्ट्रिक मोटर समावेश गरिएको छ । जसले ५४ पीएस पावर र १२० एनएमको टर्क जेनेरेट गर्छ । सो कार सिंगल चार्जमा १४७ किलोमिटरको दुरी तय गर्ने क्षमता रहेको छ ।
महिन्द्राको सो इलेक्ट्रिक कारमा लिक्विड कुल्ड व्याट्री प्याक गरिएको छ । सो व्याट्री ५५ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ । महिन्द्रा ई–केयूभी१०० मा नियमित आईसी–इन्जिन मोडलको तुलनामा सुक्ष्म अन्तर रहेको छ ।
सो कारमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, माउन्टेड कन्ट्रोलको साथमा मल्टी फक्शनल स्टेयरिङ ह्विल, रिमोट डायग्नोस्टिक्स, लोकेशन ट्रयाकिङ जस्ता फिचर हुनेछ ।
सो कार शहरी क्षेत्रमा ड्राइभिङको लागि अनुकूल रहेको कम्पनीले दावी गरेको छ । सो कारको मूल्य ८ लाख २५ हजार भारु हुने सम्भावना रहेको छ । सो कार बजारमा सबैभन्दा सस्तो इलेक्ट्रिक कार हुने अनुमान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...