२ लाख २० हजार भारु सम्मले सस्तो भयो एक्सयूभी ७००, नेपाली बजारमा कस्तो पर्ला प्रभाव ?

काठमाडौं– महिन्द्राले आफ्नो फ्ल्यागशिप एसयूभी एक्सयूभी ७०० मा एकैपटक २ लाख २० हजार भारु सम्मले मूल्य कम गरेको छ । एक्सयुसभी ७०० को एएक्स७ ट्रिममा यति धेरै रकम कम गरिएको हो । यो एसयूभी बजारमा आएको तीन वर्ष पुरा भएको अवसर पारेर मूल्य कम गरिएको कम्पनीले जनाएको छ ।

एक्सयुभी ७०० को एएक्स७ ट्रिम कुल १६ वटा भेरिएन्ट उपलब्ध छ । जसअनुसार एएक्स एल डिजेल एमटी ७ सिटरमा सबैभन्दा कम १ लाख ५० हजार तथा बढी डिजेल एटी ७ सिटर भेरिएन्टमा २ लाख २० हजार भारु कटौती गरिएको छ । बाँकी अधिकांश भेरिएन्टमा १ लाख ९० हजार र २ लाख भारुका दरले मूल्य कम गरिएको हो ।

एक्सयूभी ७०० को एएक्स ट्रिममा महिन्द्राले २.० लिटर टर्बो पेट्रोल र २.२ लिटर टर्बो डिजेल इन्जिनको विकल्प दिएको छ । यी इन्जिनले क्रमशः २०० एचपी र १८५ एचपी पावर दिन्छ । दुबै इन्जिन ६ स्पिड म्यानुल अर्थात ६ स्पिडकै अटोमेटिक ट्रान्समिसनसंग जोडिएको छ । यो एसयूभी हालसम्म २ लाख भन्दा धेरै यूनिट उत्पादन भइसकेको छ ।

एक्सयूभी ७०० नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ । अग्नी ग्रुपले बिक्री गर्दै आएको यो एसयुभी ६ भेरिएन्टमा उपलब्ध छ भने मूल्य ७४ लाखदेखी १ करोड १० लाखसम्म निर्धारण गरिएको छ । भारतमा कम भएको मूल्यको प्रभाव आगामी दिनमा नेपाली बजारमा समेत पर्ने हुँदा भविष्यमा यसको मूल्य १२ लाखसम्मले घट्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

महिन्द्रा थार रक्सको विशेष संस्कण लन्च, मूल्य कति ?

महिन्द्रा थार रक्सको विशेष संस्कण लन्च, मूल्य कति ?

महिन्द्राले थार रक्सको विशेष संस्करण लन्च गरेको छ । स्टार एडिसनको नामले...

४ दिनपछि सार्बजनिक हुँदै छ महिन्द्राको इलेक्ट्रिक रिक्सा ’ट्रियो’

४ दिनपछि सार्बजनिक हुँदै छ महिन्द्राको इलेक्ट्रिक रिक्सा ’ट्रियो’

महिन्द्रा प्यासेन्जर कारको आधिकारिक बितरक अग्नी ग्रुुपले अबको ४ दिपछि...

एक्सयूभी ४०० ईभी हात पार्न भारतमा ४ महिनासम्म कुर्नुपर्ने, कहिले आउला नेपाल ?

एक्सयूभी ४०० ईभी हात पार्न भारतमा ४ महिनासम्म कुर्नुपर्ने, कहिले आउला नेपाल ?

महिन्द्राले यसै वर्षको सूरुवातमा लन्च गरेको पहिलो इलेक्ट्रिक कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...