गुडिरहेको महिन्द्रा ईभीमा आगलागी, कम्पनीले के भन्यो ?
महिन्द्राले हालै लन्च गरेको बिद्युतीय कार बीई६ गुडिरहेकै अवस्थामा आगलागी...
महिन्द्रा प्यासेन्जर कार तथा पिकअपको आधिकारिक बितरक अग्नी ग्रुपले पिकअपमा २४ घन्टाभित्र सर्भिस उपलब्ध गराइसक्ने प्रतिबद्धता जनाएको छ । यी पिकअपमा आबधिक सर्भिस २४ घन्टाभित्रै उपलब्ध गराइसक्ने ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्सका सर्भिस हेड शिबसुदन श्रेष्ठले बताए ।
जसका लागि ग्राहकले आफूलाई पायक पर्ने नजिकको जुनसुकै आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गरी बुकिङ गराउन सक्ने उनको भनाई छ । यसरी सर्भिसिङ गराउन इच्छुक ग्राहकले कम्पनीको टोल फ्री नम्वरमा सम्पर्क गरेर अर्थात अनलाइनमार्फत समेत बुकिङ गराउन सक्नेछन् ।
ग्राहकलाई छिटो, छरितो र प्रभावकारी तवरबाट सेवा उपलब्ध गराउन आफूहरुले यस्तो योजना अघि सारेको श्रेष्ठले बताए । उनले भने, ‘१ लाख किलोमिटरभित्र आबधिक सर्भिस गराउनु पर्ने ग्राहकले बुकिङ लिएको २४ घन्टाभित्र सर्भिसिङ सकेर गाडी डेलिभरी दिन हामीले प्रतिबद्धता जनाएका छौ । यस अन्तर्गत गाडीको ३५ प्वाइन्ट सम्मको चेकजाँच र अन्थ थप सेडुअल सर्भिस उपलब्ध हुनेछ ।’
नेपाली बजारमा महिन्द्राको पिकअप सबैभन्दा बढी मात्रामा बिक्री हुँदै आइरहेका छन् । ग्रामिण र अति बिकट स्थानमा समेत सहजै पुग्न सक्ने बिशेषताका कारण नेपालमा महिन्द्राको बोलेरो र स्कर्पियो पिकअप बढीमात्रामा रुचाइएको हो ।
महिन्द्राले हालै लन्च गरेको बिद्युतीय कार बीई६ गुडिरहेकै अवस्थामा आगलागी...
काठमाडौं – नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक सुशान्त केसीले हालै...
वर्ष २०२४ मा महिन्द्राले आफ्नो लोकप्रिय मोडल स्कर्पियो सबैभन्दा धेरै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...