कोरियन ब्रान्डको दबदबामा गुमनाम बनेको स्याङयोङ
नेपालको प्यासेन्जर कार बजारमा कोरियन ब्रान्डले आफ्नो बर्चस्व बढाउँदै...
महिन्द्राले भारतीय बजारमा नयाँ बोलेरो नियो सबकम्प्याक्ट एसयूभी लन्च गरेको छ । यसको मूल्य ८ लाख ४८ हजार देखि ९ लाख ९९ हजार भारु सम्म तोकिएको छ ।
नयाँ बोलेरो नियोले बजारमा प्रचलित महिन्द्रा टीयूभी ३०० को स्थान लिनेछ । महिन्द्रा बोलेरो विगत दुई दशक देखि लोकप्रिय छ । यही नामको एसयूभी कम्पनीले २० वर्षको अवधिमा १३ लाख युनिट बिक्री गरिसकेको छ । बोलेरोको स्टाइलमा परिवर्तन गरेर ग्राहकको प्रतिक्रियालाई ध्यानमा राखी नयाँ एसयूभी तयार गरेको कम्पनीको भनाइ छ ।
महिन्द्रा बोलेरो नियो सब फोर मिटर एसयूभी हो, जुन टु ह्विल ड्राइभमा उपलब्ध हुन्छ । ट्रयाक्सनको कमीलाई पुरा गर्नका लागि बोलेरो रेन्जमा पहिलो पटक लिमिटेड स्लिप डिफ्रेन्सियल दिइएको छ । महिन्द्राले यसलाई मल्टी टेरेन प्रविधि भनेको छ । सामान्य बोलेरो जस्तै यसमा साइड क्लेडिङ, चौकोर हुडयुक्त हेडल्याम्प र आयाताकार ह्लि आर्क दिइएको छ ।
महिन्द्रा बोलेरो नियोमा टीयूभी ३०० मा भएको १.५ लिटर एमहक थ्री सिलिन्डर इन्जिन छ, जुन फाइभ स्पिड म्यानुअल गियरबक्सका साथ आउछ । उक्त इन्जिनले ३७५० आरपीएममा १०० बीएचपी पावर र २२५० आरपीएममा २६० एनएम टर्क जेनेरेट गर्छ ।
बोलेरो नियोको क्याबिनमा ड्राइभर इन्फोर्मेसन सिस्टम, भ्वाइस मेसेजिङ सिस्टम, ब्लुसेन्स मोबाइल एप, फलो मी होम हेडल्याम्प, दमदार एसीका साथ इको मोड, १७.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, क्रुज कन्ट्रोल र इन्टेलिपार्क रिभर्स असिस्ट जस्ता फिचर उपलब्ध छन् ।
सुरक्षाका लागि यो गाडीमा कर्नरिङ ब्रेक कन्ट्रोल, आइसोफिक्स चाइल्ड सिट, डिजिटल इम्मोबिलाइजर, सिटबेल्ट रिमाइन्डर, अटोमेटिक डोरलक, एयरब्याग, दमदार स्टिलबाट निर्मित बडीका साथै ईबीडीका साथ एबीएस जस्ता फिचर उपलब्ध छन् । ३८४ लिटर बुट स्पेस भएको यो गाडीको ग्राउन्ड क्लियरेन्स १६० एमएम छ ।
नेपालको प्यासेन्जर कार बजारमा कोरियन ब्रान्डले आफ्नो बर्चस्व बढाउँदै...
महिन्द्राले गत नोभेम्बरमा सार्बजनिक गरेको बिद्युतिय एसयुभी एक्सईभी–९ई...
महिन्द्राले पहिलोपटक आफूले तयार गर्न गैरहेको इलेक्ट्रिक एसयुभी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...