भारतमा लन्च भयो महिन्द्रा बोलेरो नियो, टीयूभी ३०० लाई प्रतिस्थापन गर्ने

महिन्द्राले भारतीय बजारमा नयाँ बोलेरो नियो सबकम्प्याक्ट एसयूभी लन्च गरेको छ । यसको मूल्य ८ लाख ४८ हजार देखि ९ लाख ९९ हजार भारु सम्म तोकिएको छ ।

नयाँ बोलेरो नियोले बजारमा प्रचलित महिन्द्रा टीयूभी ३०० को स्थान लिनेछ । महिन्द्रा बोलेरो विगत दुई दशक देखि लोकप्रिय छ । यही नामको एसयूभी कम्पनीले २० वर्षको अवधिमा १३ लाख युनिट बिक्री गरिसकेको छ । बोलेरोको स्टाइलमा परिवर्तन गरेर ग्राहकको प्रतिक्रियालाई ध्यानमा राखी नयाँ एसयूभी तयार गरेको कम्पनीको भनाइ छ ।

महिन्द्रा बोलेरो नियो सब फोर मिटर एसयूभी हो, जुन टु ह्विल ड्राइभमा उपलब्ध हुन्छ । ट्रयाक्सनको कमीलाई पुरा गर्नका लागि बोलेरो रेन्जमा पहिलो पटक लिमिटेड स्लिप डिफ्रेन्सियल दिइएको छ । महिन्द्राले यसलाई मल्टी टेरेन प्रविधि भनेको छ । सामान्य बोलेरो जस्तै यसमा साइड क्लेडिङ, चौकोर हुडयुक्त हेडल्याम्प र आयाताकार ह्लि आर्क दिइएको छ ।

महिन्द्रा बोलेरो नियोमा टीयूभी ३०० मा भएको १.५ लिटर एमहक थ्री सिलिन्डर इन्जिन छ, जुन फाइभ स्पिड म्यानुअल गियरबक्सका साथ आउछ । उक्त इन्जिनले ३७५० आरपीएममा १०० बीएचपी पावर र २२५० आरपीएममा २६० एनएम टर्क जेनेरेट गर्छ ।

बोलेरो नियोको क्याबिनमा ड्राइभर इन्फोर्मेसन सिस्टम, भ्वाइस मेसेजिङ सिस्टम, ब्लुसेन्स मोबाइल एप, फलो मी होम हेडल्याम्प, दमदार एसीका साथ इको मोड, १७.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, क्रुज कन्ट्रोल र इन्टेलिपार्क रिभर्स असिस्ट जस्ता फिचर उपलब्ध छन् ।

सुरक्षाका लागि यो गाडीमा कर्नरिङ ब्रेक कन्ट्रोल, आइसोफिक्स चाइल्ड सिट, डिजिटल इम्मोबिलाइजर, सिटबेल्ट रिमाइन्डर, अटोमेटिक डोरलक, एयरब्याग, दमदार स्टिलबाट निर्मित बडीका साथै ईबीडीका साथ एबीएस जस्ता फिचर उपलब्ध छन् । ३८४ लिटर बुट स्पेस भएको यो गाडीको ग्राउन्ड क्लियरेन्स १६० एमएम छ ।

सम्बन्धित समाचारहरू

महिन्द्राले गर्दैछ ५ नयाँ इलेक्ट्रिक एसयूभी ल्याउने तयारी

महिन्द्राले गर्दैछ ५ नयाँ इलेक्ट्रिक एसयूभी ल्याउने तयारी

महिन्द्रा एण्ड महिन्द्रा कम्पनीले आगामी केही वर्षमा इलेक्ट्रिक सवारीमा...

महिन्द्रा ट्याक्टर उत्सवको बम्पर पुरस्कार विजेता घोषणा, महिन्द्रा पावरोल ५ केभीए डिजी पाउने

महिन्द्रा ट्याक्टर उत्सवको बम्पर पुरस्कार विजेता घोषणा, महिन्द्रा पावरोल ५ केभीए डिजी पाउने

काठमाडौं – नेपालमा महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत...

शुक्रबार जावा राइड हुने, राइडमा २५ जना राइडर सहभागी हुँदै

शुक्रबार जावा राइड हुने, राइडमा २५ जना राइडर सहभागी हुँदै

काठमाडौं – जावा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अग्नि मोटो इंक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...