डुअल फ्रन्ट एयरब्याग सहित लन्च भयो महिन्द्रा बोलेरो

महिन्द्राले आफ्नो लोकप्रिय एसयुभी बोलेरोलाई डुअल फ्रन्ट एयरब्याग सहित लन्च गरेको छ । यसअघि मिडियम र टप भेरियन्टमा मात्र डुअल एयरब्याग दिँदै आएको कम्पनीले अब उप्रान्त भने बेस भेरियन्टमा समेत डुअल फ्रन्ट एयरब्याग उपलब्ध गराउने भएको हो । अगाडीको प्यासेन्जर साइडमा समेत एयर ब्याग थप गर्न उसले इन्टेरियरमा सामन्य परिबर्तन गरेको छ । अन्य फिचर्स भने रेगुलर मोडल सरहनै उपलब्ध रहनेछ ।

एयर ब्याग थप भएसंगै यसको मूल्य १६ हजार भारुसम्मले बृद्धि भएको छ । यो एसयुभीको नयाँ मूल्य ८ लाख ८५ हजारदेखी ९ लाख ८६ हजार भारुसम्म निर्धारण गरिएको छ । जुन बिएस४ र बिएस६ दुबै भर्सनमा उपलब्ध रहँदै आएको छ ।

यसको इन्जिन हाल कारोबार भैरहेको रेगुलर मोडलबाट लिइएको छ । यसमा जडान गरिएको १.५ लिटर थ्री सिलिन्डर एमहक डिजेल इन्जिनले ७५ एचपी पावर र २१० एनएम टर्क जेनेरेट गर्छ । बोलेरोमा अडियो सिस्टम, म्यानुअल एसी, किलेस इन्ट्रि, सेमी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, इबिडी सहितको एबिएस, रिभर्स पार्किङ सेन्सर, हाइस्पिड वार्निङ, ब्लुतुथ कनेक्टिभिटी र युएसबी लगयात फिचर्स उपलब्ध रहँदै आएको छ ।

बोलेरो नेपाली बजारमा समेत निकै नै रुचाइएको बजेट एसयुभी हो । महिन्द्रा एसयुभीको कुल बिक्रीमा स्कर्पियोपछि दोस्रो स्थान ओगट्न सफल यसको मूल्य नेपाली बजारमा ३४ लाख ८५ हजारदेखी ३६ लाख ५० हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

नेपालमा बिक्री शुरु हुन लागेको स्कर्पियो एनले पायो फाइभ स्टार रेटिङ

नेपालमा बिक्री शुरु हुन लागेको स्कर्पियो एनले पायो फाइभ स्टार रेटिङ

महिन्द्राको चर्चित एसयूभी स्कर्पियो एनले सेफ्टि टेष्टमा फाइभ स्टार रेटिङ...

अब महिन्द्रा एक्सयूभी ४०० ईभी फेसलिफ्टको लागि तयारी हुँदै, नेपालमा परीक्षण चल्दै

अब महिन्द्रा एक्सयूभी ४०० ईभी फेसलिफ्टको लागि तयारी हुँदै, नेपालमा परीक्षण चल्दै

महिन्द्राले एक्सयूभी ३एक्सओ लन्च गरेपछि एक्सयूभी ४०० ईभीको फेसलिफ्ट...

जावा ४२ स्पोर्ट्स स्ट्राइप नेपाली बजारमा, मूल्य ७ लाख ५८ हजार

जावा ४२ स्पोर्ट्स स्ट्राइप नेपाली बजारमा, मूल्य ७ लाख ५८ हजार

काठमाडौं – नेपालमा क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...