महिन्द्रा बीई६ को ब्याटम्यान संस्करण ७ मिनेटमै सोल्ड आउट

महिन्द्राको इलेक्ट्रिक एसयूभी बीई६ को ब्याटम्यान संस्करण बुकिङ खुला भएको ७ मिनेटमै सोल्ड आउट भएको छ । एक दिनका लागि मात्र बुकिङ खुलाएको सो एसयूभीको ९९९ युनिट छोटो समयमै बिक्री भएको हो ।

बीई६ ब्याटम्यान संस्करण गत वर्ष अगस्टमा लन्च गरिएको थियो । उच्च मागका कारण कार निर्माताले यसलाई पुनः बिक्री थाल्ने निर्णयसहित बुकिङ खुलाएको हो । कारको मूल्य २८ लाख ४९ हजार भारु निर्धारण गरिएको छ ।

बीई६ ब्याटम्यान संस्करण क्रिस्टोफर नोलनको ’द डार्क नाइट ट्रिलोजी’ बाट प्रेरित छ । यसमा कस्टम ब्याटम्यान डेकल्सको साथ कस्टम साटिन ब्ल्याक एक्सटेरियर रहेको छ । कारमा ‘बीई६ एक्स द डार्क नाइट’ ब्याजिङ र ‘द डार्क नाइट ट्रिलोजी’ ब्याटका सिम्वोलहरु राखिएका छन् । यस विशेष संस्करणमा २० इन्चको एलोई ह्विल र अल्केमी गोल्ड पेन्टेड सस्पेन्सन र ब्रेक क्यालिपर उपलब्ध छन् ।

बीई६ ब्याटम्यानको इन्टेरियरमा गोल्ड सेपिया स्टिचिङको साथ ‘द डार्क नाइट ट्रिलोजी’ ब्याट प्रतीक, गोल्डन कलरको स्टेयरिङ ह्वील, स्पेशल वेलकम एनिमेसन र कस्टम ब्याटम्यान प्रेरित इन्जिन ध्वनि सहितको सुएड एण्ड लेदर अपहोल्स्ट्री उपलब्ध गराइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...