सडक परिक्षणका क्रममा देखियो नयाँ स्कर्पियो, यसै बर्षको मध्यसम्ममा सार्बजनिक हुने संभावना

आफ्नो लोकप्रिय एसयुभी स्कर्पियोलाई पूर्णत नयाँ अबतारमा उतार्ने तयारी थालेको ३ बर्षपछि अन्तत महिन्द्राले यसैबर्षको मध्यसम्ममा यो नयाँ एसयुभीलाई सार्वजनिक गर्न सक्ने संभावना देखिएको छ । हाल यो एसयुभीको भारतमा सडक परिक्षण भैरहेको छ । यो नयाँ एसयुभी पूर्णत नयाँ एक्स्टेरियर डिजाइन, सुधार गरिएको इन्टेरियर र डिजेल तथा पेट्रोल दुर्ब इन्जिन अप्सनमा उपलब्ध हुने जनाइएको छ ।

नयाँ स्कर्पियो हाल उपलब्ध रहँदै आएको मोडलको तुलनमा केही ठूलो हुने बताइएको छ । पूर्णत नयाँ बडी प्यानलमा आधारित भई निर्माण गरिएको नयाँ स्कर्पियोलाई थप मस्कुलर देखाउन यसको बाहिरी भागमा प्रशस्तै परिमार्जन गरिएको छ ।

इन्टेरियलाई बिलाशी र सुबिधासम्पन्न बनाउन क्याविन भित्र थुप्रै नयाँ फिचर्स थप गरिएको छ । यो नयाँ एसयुभीमा हेमजी हेक्टरमा प्रयोग गरिएको जस्तै भर्टिकल्लि माउन्टेड टचस्क्रिन जडान गरिएको छ । यसको इन्टेरियरमा प्रयोग गरिएका स्टेरिङ ह्विल्स, गियर लिभर र कन्ट्रोल सिस्टम एक्सयुभी ७०० बाट समेत लिइएको छ ।

यसअघि महिन्द्रा थारमा समेत प्रयोग गरिएको अपडेटेड ल्याडर फ्रेम च्यासिसमा आधारित भई उत्पादन गरिएको नयाँ स्कर्पियाको पावर ट्रेन समेत थारसंग मिल्दोजुल्दो हुने देखिएको छ । जसका आधारमा यो एसयुभी २.० लिटर पेट्रोल र २.२ लिटर डिजेल इन्जिनमा उपलब्ध हुन सक्ने देखिएको हो । नयाँ स्कर्पियो म्यानुअल र अटोमेटिक दुबै गियरबक्समा उपलब्ध हुनेछ भने यसको टप स्पेक भेरियन्टमा अल ह्विल ड्राइभ समेत रहनेछ ।

सम्बन्धित समाचारहरू

महिन्द्राको नयाँ पिकअप कन्सेप्ट सार्वजनिक

महिन्द्राको नयाँ पिकअप कन्सेप्ट सार्वजनिक

महिन्द्राले स्कोर्पियो एनमा आधारित पिकअपको कन्सेप्ट एसयूभी सार्वजनिक...

चितवनमा महिन्द्रा ट्रयाक्टरको नयाँ शोरूम उद्घाटन, रोमाञ्चक उत्सव योजनाको घोषणा

चितवनमा महिन्द्रा ट्रयाक्टरको नयाँ शोरूम उद्घाटन, रोमाञ्चक उत्सव योजनाको घोषणा

काठमाडौं – नेपालका लागि महिन्द्रा युटिलिटी सवारी साधन र ट्रयाक्टरको...

चर्चामा जावाको एड्भेन्चर टुरिङ मोटरसाइकल आरभीएम ५००

चर्चामा जावाको एड्भेन्चर टुरिङ मोटरसाइकल आरभीएम ५००

हालै इन्टरनेटमा एउटा मोटरसाइकलको तस्बिर निकै भाइरल बनेको छ । जावाको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...