अनलाइन सेवा मात्र लिन पठाओ नेपालको अपिल : यसरी हुन्छ असुरक्षा
कोटेश्वरबाट शनिवार राति एकजना पठाओ राइडर अपहरित भएको भन्ने खवर केही...
महानगरिय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र भक्तजन र दर्शनार्थीको उपस्थितिको अवस्था हेरेर ट्राफिक व्यवस्थापन गर्ने जानकारी दिएको छ। ट्राफिक महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीले पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एवं दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरि सहज आवतजावतको प्रवन्ध मिलाएको जानकारी दिए।
धेरै टाढाबाट आउने भक्तजनहरुको सुविधाका लागि निर्वाध आवतजावतको व्यवस्था मिलाइएको जानकारी दिएका उनले गौशाला क्षेत्र आसपासमा छुट्टाछुट्टै स्थानमा पार्किङ्ग गर्ने स्थानहरुसमेत तोकिएको बताए ।
अन्य नियमित दिनझैं चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाधरुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको तर भक्तजनहरुको भिडभाड अत्याधिक भई सवारी संचालनमा समस्या हुने अबस्था देखिएमा उक्त रुटमा भक्तजन बाहेकका सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइने एसएसपी जोशीले बताए ।
दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने यातायात सञ्चालन गर्न नसक्ने अवस्था आएमा मित्रपार्क–गौशाला–तिलगंगा क्षेत्रमा सवारी आवागमन निषेध गरि वैकल्पिक मार्गबाट सवारी सञ्चालनको व्यवस्था मिलाइने उनको भनाइ छ।
विभिन्न क्षेत्रबाट आउने दर्शनार्थी एवं भक्तजनहरुका सवारी साधनहरुलाई सिफलचौर, गौरीघाट करिडोर, गुह्येश्वरी, तिलगंगाको पार्किङ र तिलगंगा करिडोरमा पार्किङको व्यवस्था मिलाएको छ। यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालयभित्र कोष तथा पासबाहक सवारी साधन, गौशाला प्रहरी कार्यालयभित्र सुरक्षा निकाय तथा पासवाहक सरकारी सवारी साधन र वनकाली क्षेत्रमा अन्य अत्यावश्यक प्रयोजनका सवारी साधन पार्किङ गर्ने व्यवस्था मिलाएको महाशाखाले जनाएको छ।
ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जिव शर्मा दासले गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न सक्ने अवस्था नभएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइएको जानकारी दिए।
उनले तिनकुनेबाट तिलगंगातर्फ, चाबहिलबाट गौशालातर्फ र बागमती करिडोरबाट गौरीघाट र तिलगंगा क्षेत्र भई चल्ने मालबाहक सवारी साधनहरुलाई सो खण्डमा निषेध गरि डाईभर्सनको प्रबन्ध मिलाइनेसमेत बताए।
महाशिवरात्री पर्व अवधिभरको ट्राफिक व्यवस्थापनमा करिब ९०० ट्राफिक प्रहरी परिचालन हुने उनले जानकारी दिए। ट्राफिक महाशाखाले पशुपतिनाथको मन्दिर दर्शन गर्न आउने दर्शनार्थीबाहेक चाबहिल, गौशाला, तिलगंगा हुँदै अन्यत्र जाने सवारी साधनहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्नसमेत अनुरोध गरेको छ।
कोटेश्वरबाट शनिवार राति एकजना पठाओ राइडर अपहरित भएको भन्ने खवर केही...
नेपालमा हाल प्रदेश अनुसार सवारी साधनको कर तोकिएको छ। लुम्बिनी प्रदेशले...
काठमाडौँ – काठमाडौँको चोभार स्थित मञ्जुश्री पार्कमा क्यानोपी जिपलाइन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...