भृकुटीमण्डपमा चल्दै बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’, यस्ता छन् आकर्षक अफर

काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा गत माघ ११ गतेदेखि सुरु भएको सो महा–एक्सचेन्ज मेला आगामी माघ १७ गतेसम्म चल्ने छ । कार्निभलमार्फत ग्राहकहरूले बजाजका नयाँ पुस्ताका मोटरसाइकलहरू आकर्षक अफरसहित खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

कार्निभलको मुख्य आकर्षणका रूपमा नयाँ बजाज पल्सर २२० एफ एफआई बीएस६ को औपचारिक सार्वजनिक गरिएको छ। कार्निभलमै पहिलोपटक सार्वजनिक गरिएको यस मोडलले बजाजप्रेमीहरूमा थप उत्साह जगाउने अपेक्षा कम्पनीले गरेको छ। फुल डिजिटल कन्सोल, फ्युल इन्जेक्सन प्रविधि, एबीएस र नयाँ आकर्षक ग्राफिक्ससहितको पल्सर २२० एफ एफआई बीएस६ को शुरुवाती मूल्य ४ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ।

कार्निभल अवधिभर पुराना मोटरसाइकल साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्न चाहने ग्राहकहरूका लागि विशेष एक्सचेन्ज सुविधा उपलब्ध गराइएको छ। नागरिकताको आधारमा बाइक लोन, अन–द–स्पट फाइनान्स, निःशुल्क एसेसरिज तथा २२ भन्दा बढी अनुभवी भ्यालुएटरमार्फत उत्कृष्ट एक्सचेन्ज भ्यालुएसनको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। बजार मूल्यभन्दा बढी ८ हजार रुपैयाँसम्म अतिरिक्त भ्यालुएसन प्राप्त गर्न सकिने सुविधा पनि प्रदान गरिएको छ।

नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीका अनुसार, यो कार्निभल नयाँ मोटरसाइकल खरिदको योजना बनाइरहेका ग्राहकहरूका लागि एकै स्थानमा सबै सुविधा उपलब्ध हुने सुनौलो अवसर हो। पाँच वर्षको वारेन्टी तथा सहज फाइनान्स सुविधाले ग्राहकहरूलाई थप विश्वास र सुविधा प्रदान गर्ने कम्पनीको विश्वास छ।

सम्बन्धित समाचारहरू

दुई मोडलका पल्सर नेपालमा, खुल्यो बुकिङ

दुई मोडलका पल्सर नेपालमा, खुल्यो बुकिङ

काठमाडौं – बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले दुई...

बजाजको पहिलो सीएनजी बाइकको डिजाइन लन्च हुनुअघि नै लिक

बजाजको पहिलो सीएनजी बाइकको डिजाइन लन्च हुनुअघि नै लिक

बजाजले चाँडै नै आफ्नो पहिलो सीएनजी बाइक भारतीय बजारमा ल्याउने तयारी...

बजाज र टीभीएस बाहेक अन्य ब्रान्डसँग १५० सीसी माथिको मोटरसाइकल नहुने, यी बाइकलाई असर नपर्ने

बजाज र टीभीएस बाहेक अन्य ब्रान्डसँग १५० सीसी माथिको मोटरसाइकल नहुने, यी बाइकलाई असर नपर्ने

सरकारले १५० सीसी माथिका मोटरसाइकल आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ । जसका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...