निशान म्याग्नाईटमा थपियो नयाँ एडिसन

निशानले आफ्नो लोकप्रिय एसयुभी म्याग्नाइटमा नयाँ एडिसन थप गरेको छ । सो नयाँ एडिसनलाई कम्पनीले ‘कुरो’ नाम दिएको छ । रेगुलर म्याग्नाइटको टप स्पेक एक्सभी ट्रिममा आधारित सो नयाँ एडिसलाई कम्पनीले एमटी, टर्वो एमटी र टर्बो सिभीटी गरी कुल तीनवटा भेरिएन्टमा ल्याएको हो । यसको सुरुवाती मूल्य ८ लाख २७ हजार भारु निर्धारण गरिएको छ ।

जापनिज भाषमा ‘कुरो’ को अर्थ कालो भएजस्तै यो नयाँ एडिसनलाई कम्पनीले पुरै ब्ल्याक थिम दिएर तयार पारेको हो । म्याग्नाइटको लोगो, कुरो लेखिएको ब्याज र ब्रेक क्यालिपर बाहेक यसको ग्रील तथा आसपासको भाग, स्किड प्लेट, रुफ रेल्स, डोर ह्यान्डल, एलोई ह्विल, विन्डो एसेन्ट र हेडलाइटमा दिइएको एसेन्ट लगायत सम्पूर्ण भागमा कालो रङ दिइएको छ ।

यसैगरी, यसको इन्टेरियरमा रुफ लाइनर, सन भाइजर, डोर ह्यान्डल, स्टेरिङ ह्विल र एसी भेन्टको आसपास भागमा ब्ल्याक ट्रिटमेन्ट दिइएको छ । एक्सभी ट्रिममा उपलब्ध भएपनि निशानले यसमा वायरलेस चार्जर र रियर एसी भेन्ट भने एक्सभी प्रिमियमा बाट लिएको छ ।

अन्य फिचरको कुरा गर्नुपर्दा यसमा ८ इन्चको टचस्क्रिन, ३६० डिग्री क्यामेरा, ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र अटोमेटिक क्लाइमेट कन्ट्रोल लगायत फिचर पाउन सकिन्छ ।

सो नयाँ एडिसन १.० लिटर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ । जसको पावर ७२ एचपी तथा १०० एचपी र टर्क ९६ एनएम तथा १६० एनएम रहेको छ । यी दुवै इन्जिनमा ५ स्पिड म्यानुअल गियरवक्स र सिभीटी को विकल्प पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

अटो शोमा निसानको नयाँ विशेषताका तीनवटा गाडी सार्वजनिक

अटो शोमा निसानको नयाँ विशेषताका तीनवटा गाडी सार्वजनिक

काठमाडौं– भृकुटीमण्डपमा जारी नाडा अटो शो–२०२३ मा जापनिज ब्रान्ड निसानको...

सवारीसाधन किन्ने सोचाइमा हुनुहुन्छ ? केही समय पर्खनुहोस, नजिकिदै छ फेस्टिभल सिजन

सवारीसाधन किन्ने सोचाइमा हुनुहुन्छ ? केही समय पर्खनुहोस, नजिकिदै छ फेस्टिभल सिजन

के तपाई तत्काल सवारीसाधन खरिद गर्ने सोचाइमा हुनुहुन्छ ? त्यसो हो भने केही...

होन्डा र निसानको सहकार्यः अब संयुक्त रूपमा बनाउनेछन् कारको लागि अत्याधुनिक सफ्टवेयर

होन्डा र निसानको सहकार्यः अब संयुक्त रूपमा बनाउनेछन् कारको लागि अत्याधुनिक सफ्टवेयर

जापानका दुई प्रमुख कार निर्माता कम्पनी होन्डा र निसानले संयुक्त रूपमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...