बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
फ्रेन्च अटो निर्माता सिट्रोनले भारतमा उत्पादन गरेको सानो एसयूभी सी३ छिट्टै नेपाल आउने भएको छ । नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्स स्रोतका अनुसार यो क्रसओभर अवको एक महिना भित्र नेपाल आइसक्नेछ । भारतमा ६ महिना अघि नै सार्वजनिक भएपनि आयत प्रतिवन्धका कारण सी३ नेपाल आउन पाएको थिएन ।
यो क्रसओभरको साइज निशान म्याग्नाइट र रेनो काइगरकै हाराहारी रहेको छ । यसैगरी फिचर र पावर तथा पर्फमेन्समा समेत केही समानता रहेको छ । मूल्यका हिसावले पनि सि३ को प्रतिस्पर्धी म्याग्नाइट र काइगर नै हुने देखिन्छ । यस हिसावले नेपाल आएपछि यो क्रसओभरको सिधा टक्कर म्याग्नाइट र काइगरसंगै हुने निश्चित प्राय छ ।
सिट्रोन सी३ लाइभ र फिल गरी कुल २ भेरियन्टमा उपलब्ध रहँदै आएको छ । जसमध्ये लाइभ भेरियन्टमा १.२ लिटरको नेचुरल्लि एस्पिरिटेड इन्जिन जडान गरिएको छ भने यसले ८२ हर्ष पवार जेनेरेट गर्दछ । अर्को भेरियन्ट फिलमा १.२ लिटर टर्बो चाज्र्ड पेट्रोल इन्जिन दिइएको छ जसले ११० हर्सपावरको शक्ति जेनेरेट गर्ने दावी गरिएको छ । यो कारमा कम्पनीले पाँच स्पीडको म्यानुअल ट्रास्मिसन सिस्टम दिएको छ ।
यो कारको ह्विलवेस २ हजार ५४० एमएम रहेको छ भने ग्राउन्ड क्लिरियन्स १८० एमएम छ । कारमा पछाडि बस्ने पेसेन्जरका लागि समेत यथेस्ट लेगरुम रहेको छ । यसको क्याबिनमा १० इन्चको इम्फोटेन्मेट सिस्टम रहेको छ । वायरलेस स्मार्ट फोन चार्जर समेत रहेको यो कारमा ३ वटा फास्ट चार्जिङ यूएसबी पोर्ट तथा एउटा १२ भोल्टको सकेट समेत दिइएको छ । कारमा थ्री स्पोक स्टेरिङ ह्वील, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर तथा म्यानुअल एयरकन्डीसन रहेको छ ।
भारतीय बजारमा ५ लाख ८८ हजारदेखी ८ लाख १५ हजार भारुसम्म मूल्य निर्धारण गरिएको यो कारले टाटा पन्च, रेनो काइगर र निशान म्याग्नाइट लागयत साना एसयूभीसंग प्रतिस्पर्धा गरिरहेको छ । नेपाल आउँदा यसको मूल्य ३० देखी ४० लाख हराहारीमा निर्धारण हुने अनुमान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...