आफ्नै प्रयोजनका लागि वा भाडामा लगाउन इलेक्ट्रिक कार चार्जर
इलेक्ट्रिक कारको ब्याट्री चार्ज गर्नका लागि हाल विभिन्न विकल्प उपलब्ध छन्...
काठमाडौं – अन्ततः यात्री मोटरसाइकलले नम्बर प्लेट पाएको छ । बाइक निर्माता कम्पनी यात्री डिजाइन स्टुडियोद्वारा उत्पादित यात्री मोटरसाइकलले सो नम्बर प्लेट पाएको हो ।
यात्रीले गत वर्ष मे १५ का दिन पहिलो मोटरसाइकल पी–१ ग्राहकलाई डेलिभरी गरेको थियो । त्यसको ठीक एक वर्ष पश्चात हिजो ‘नेपालमा बनेको पहिलो सवारी साधन यात्री पी–१’ दर्ता भएको बताइएको छ ।
यात्रीले बिक्री गरेका बाइक दर्ता नभई नम्बर प्लेट नपाउने समस्या आएपछि यो विषयलाई लिएर धेरै आलोचना भएको थियो ।
लामो बहस र दबाबपछि यातायात व्यवस्था विभागले गत वैशाखमा विद्यमान यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गरेपछि यात्रीलगायत अन्य स्वदेशी सवारी निर्माता कम्पनीका लागि दर्ताको अवसर खुलेको हो ।
सो निर्देशिकामा थपिएको नयाँ बुँदामा नेपालमा जडान वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारी लगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक नपर्ने उल्लेख छ ।
यातायात व्यवस्था कार्यालय, गुर्जुधारा (मोटरसाइकल) मा ‘बाग्मती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी-१ बाइक दर्ता भएसँगै यात्री नेपालमै उत्पादित सवारीमध्ये पहिलो दर्ता हुने कम्पनी बनेको छ ।
कम्पनीले यो इतिहास रच्न सहयोग गर्ने आफ्ना विशेष प्रयोगकर्तालाई कृतज्ञता प्रकट गर्नुका साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित यातायात व्यवस्था विभाग र सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।
इलेक्ट्रिक कारको ब्याट्री चार्ज गर्नका लागि हाल विभिन्न विकल्प उपलब्ध छन्...
विद्युतीय सवारी साधन बजारमा एलोन मस्कको टेस्ला र बीवाईडीबीच कडा...
काठमाडौं – बोस पावर टुलको नेपालका लागि आधिकारिक वितरक इन्फ्राटेक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...