नाडा अटो शो २०२४ मा हुन्डाई : चर्चामा मेड इन नेपाल हुन्डाई भेन्यु र नयाँ क्रेटा

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा नाडा अटो शो २०२४ चलिरहेको छ । सो अवसरमा विभिन्न सवारी साधन प्रदर्शनमा रहेका छन् ।

अन्य स्टल भन्दा फरक स्टलको पहिचान कायम गर्ने क्रममा हुन्डाई नेपालको स्टल एक कदम अगाडि देखिएको छ । सवारी साधन आयात गरेर बिक्री गर्ने कार्यमा संलग्न अधिकांश आयातकर्ता भन्दा फरक रुपमा हुन्डाईको स्टलमा भने नेपालमै बनेको हुन्डाई भेन्यु राखिएको छ ।

हुन्डाई भेन्यु नाडा अटो शो २०२४ मा प्रदर्शन गरिएको एक मात्र ‘मेड इन नेपाल’ सवारी साधन हो । कम्पनीले यसलाई ‘मेड इन नेपाल हुन्डाई भेन्यु’ भनेर चर्चामा ल्याएको छ । नवलपरासीको रामग्राममा रहेको एसेम्बली प्लान्टबाट एसेम्बल हुँदै आएको हुन्डाई भेन्यु यसकारण चर्चामा रहेको छ ।

लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी मोटर कर्पोरेसनले सो प्लान्ट स्थापना गरेको हो । न्डाई भेइकल एसेम्बली प्लान्ट १० बिघा क्षेत्रफलमा फैलिएको छ । वार्षिक ५ हजार कार उत्पादन गर्ने क्षमता भएको सो प्लान्टमा हाल एसेम्बली सप र टेस्ट लाइनको कार्य भइरहेको छ ।

विश्वमा सबै स्थानमा रहेका प्लान्टमा यही प्रक्रिया अनुसार नै सवारी साधन उत्पादन हुन्छ । यसका लागि हुन्डाईले निश्चित प्रक्रियाको लागि आवश्यक नियम बनाएको हुन्छ र त्यसको पालना गर्नुपर्छ । नेपालमा पनि त्यही प्रक्रिया अनुसार नै सवारी साधन उत्पादन हुने नियम रहेको छ र त्यसै अनुसार पहिलो चरणमा हुुन्डाई भेन्यु उत्पादन गरिएको हो ।

नेपालमै एसेम्बल गरेर उत्पादन गरिएकाले यसलाई कम्पनीले ‘मेड इन नेपाल हुन्डाई भेन्यु’ भनेको छ । मेड इन नेपाल हुन्डाई भेन्यु एसको मूल्य ४४ लाख ९६ हजार र हुन्डाई भेन्यु एसएक्सको मूल्य ५३ लाख ५६ हजार रुपैयाँ छ ।

त्यसैगरी हुन्डाईको नयाँ क्रेटा अर्को आकर्षण बनेको छ । केही समय पहिले मात्र नेपाली बजारमा उपलब्ध हुन्डाई क्रेटा पहिले देखि नै नेपाली बजारमा उपलब्ध भए पनि हाल यसको अपग्रेड भर्सन उपलब्ध भएको हो । हुन्डाई क्रेटा धेरै बिक्री हुने एसयूभीको रुपमा परिचित छ ।

यसको सुरुवाती मूल्य ५५ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । पहिलेको मोडल भन्दा नयाँ मोडलमा धेरै फिचर अपडेट गरिएको छ । नयाँ क्रेटाको अगाडि फेसिया र पछाडिको भागमा ब्यापक परिमार्जन भएको छ । अगाडि एल आकारको एलइडी डे टाइम रनिङ लाइट र नयाँ हेडल्याम्पको प्रयोग उत्कृष्ट देखिन्छ । विल्कुलै नयाँ र पृथक रियर लाइटमा यसलाई आकर्षक देख्न सकिन्छ ।

क्रेटा सन् २०१५ देखी नै नेपाली एसयूभी पारखीको विश्वास जित्दै आएको एक सफल कम्प्याक्ट एसयूभी हो । विगत १ दशक भन्दा बढी समयदेखी नेपालमा हुन्डाई गाडीहरु उपलब्ध गराइरहेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले उत्कृष्ट सेवा र ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको छ । प्रिमियम तथा गुणस्तरिय सवारी, उच्च रिसेल भ्यालु र उत्कृष्ट बिक्री पछिको सेवाले गर्दा नै हुन्डाई नेपाली उपभोक्ताहरुको शिर्ष रोजाइमा पर्दे आएको छ ।

यी वाहेक हुन्डाई आयोनिक ५ ईभी र ग्रान्ड आई १० नियोस लगायतका सवारी साधन समेत प्रदर्शनमा रहेका छन् ।

सम्बन्धित समाचारहरू

स्थापना दिवस अवसरमा लक्ष्मी ग्रुपले मनायो ४८औं कर्पोरेट एन्ड थ्याङ्क्स गिभिङ डे

स्थापना दिवस अवसरमा लक्ष्मी ग्रुपले मनायो ४८औं कर्पोरेट एन्ड थ्याङ्क्स गिभिङ डे

काममाडौं -सन् १९७३ मा मिठाई उत्पादनबाट व्यवसायिक यात्रा थालेको लक्ष्मी...

भारतमा टप स्पिड २३० किलोमिटर सहित हुन्डाई आई२० एन लाइन एसयूभी लन्च

भारतमा टप स्पिड २३० किलोमिटर सहित हुन्डाई आई२० एन लाइन एसयूभी लन्च

हुन्डाईले आई२० एन लाइन कार भारतमा लन्च गरेको छ । यसको सुरुवाती एक्स शोरुम...

महिन्द्रालाई पछि पार्दै दोस्रो स्थानमा उक्लियो हुन्डाई, ४० प्रतिशत हिस्सा सहित सुजुकी अग्र स्थानमा

महिन्द्रालाई पछि पार्दै दोस्रो स्थानमा उक्लियो हुन्डाई, ४० प्रतिशत हिस्सा सहित सुजुकी अग्र स्थानमा

रिटेल सेल्समा हुन्डाई मोटर्सले महिन्द्रालाई पछि पारेको छ । गत महिना...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...