नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
काठमाडौं – नेपालमै बनेको इलेक्ट्रिक मोटरसाइकलको रुपमा चर्चा कमाएको यात्री मोटरसाइकलको प्रोडक्सन भर्सन आगामी अप्रिल २३ अर्थात बैशाख १० मा सार्वजनिक गरिने भएको छ ।
यात्री मोटरसाइकल पेजमा यस सम्बन्धी जानकारी सार्वजनिक गरिएको छ । नेपाली युवाहरुको समूहले डिजाइन र विकास गरेको सो मोटरसाइकलको कन्सेप्ट भर्सन २०१९ मा सार्वजनिक गरिएको थियो । प्रोटोटाइपको रुपमा डिजाइन गरिएको सो मोटरसाइकल व्यवसायी सौरभ ज्योतिले खरिद गरेका थिए ।अब यसको प्रोडक्सन भर्सन नै सार्वजनिक गरिने र त्यसपछि थोरै डाउन पेमेन्टमा यसको अर्डर समेत गर्न सकिने बताइएको छ ।
सिंगल चार्जमा २३० किलोमिटरको रेन्ज दिने सो मोटरसाइकलले ४८ किलोवाट अर्थात ६४ एचपीको पावर दिने बताइएको छ । पी–० नाम समेत दिइएको सो मोटरसाइकल महंगो हुने भनिए तापनि यसको मूल्य अहिले नै सार्वजनिक गरिएको छैन ।
धेरैले यो मोटरसाइकलको वारेमा व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेको अवस्थामा यसको पर्फमेन्स र अन्य पक्ष हेर्नका लागि भने केही समय पर्खिनु नै पर्नेछ ।
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
नयाँ बाइकको बिक्री बढाउन बिभिन्न आयतकर्ता कम्पनीहरुले प्रायः बाह्रै...
जर्मन अटो ब्रान्ड बीएमडब्ल्युका बाइक अहिले नेपाली बजारमा लोकप्रिय...