बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – लोकप्रिय हास्य कलाकार मदनकृष्ण श्रेष्ठ वातावरणमैत्री विद्युतीय कार दीगो ई८ कारको ब्रान्ड एम्बेसडर बनेका छन् । एक कार्यक्रमका बीच दीगो ग्रुप अफ कम्पनिजका सीईओ हेमन्त पुरानिक र अन्य पदाधिकारीहरुले यस सम्बन्धी सम्झौता पत्र आदानप्रदान गर्नुका साथै कलाकार श्रेष्ठलाई सो कार हस्तान्तरण गरेका छन् ।
सो अवसरमा कलाकार श्रेष्ठले नेपालको राजनीति र अन्य कुनै पनि क्षेत्र दीगो नभइरहेको अवस्थामा दीगो ब्रान्डले नेपाली अटोमोबाइल र वातावरणीय क्षेत्रलाई दीगो राख्ने विश्वास व्यक्त गरे । नेपालमा लोडसेडिङ हटे देखि नै आफू उत्कृष्ट विद्युतीय कारको खोजीमा रहेको बताउँदै आगामी दिनमा यस्ता कार धेरै नेपालीले प्रयोग गर्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा सीईओ हेमन्त पुरानिकले चर्चित कलाकार श्रेष्ठसँग सहकार्य गर्न पाएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा दीगो ब्रान्डलाई सबै सहरमा पु¥याउने कम्पनीको लक्ष्यमा थप सहयोग पुग्ने विश्वास ब्यक्त गरे । उनले विद्युतीय कारको फाइदाका वारेमा चर्चा गर्दै आफूहरु सदैव यसको प्रवद्र्धनमा लाग्ने बताए ।
दीगो ई८ कार हालै नेपालमा भित्रिएको इलेक्ट्रिक कार हो । यसको मूल्य २४ लाख ९४ हजार रुपैयाँ तोकिएको छ ।
दीगो ई८ को १५.२ किलोवाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीले फुल चार्जमा नर्मल अपरेटिङ कन्डिसनमा १५० किलोमिटर माइलेज दिन्छ (एनइडिसी २०० किलोमिटर) । दीगो ई८ मा थ्री फेज एसिंक्रोनस मोटर छ जसले १००० आरपीएममा ११७ एनएम टर्क र उच्चतम १५ किलोवाट पावर उत्पादन गर्छ ।
यो कार ३ किलोवाटको चार्जरका साथ आउँछ र जसलाई घर वा कार्यालयमा सजिलै चार्ज गर्न सकिन्छ । ई८ को हिल असिस्ट फिचरले ओरालो बाटोमा गाडीलाई पछि हट्नबाट रोक्छ । दीगो ई८ ले ब्रेकिङका बेला उत्पन्न हुने काइनेटिक इनर्जीलाई इलेक्ट्रिकल पोटेन्सियल इनर्जीमा बदल्दै प्रतिचार्ज माइलेज बढाउन रिजेनेरेटिभ (पुनरुत्पादक) ब्रेकिङ प्रणाली उपयोग गरेको छ ।
सामान्य ड्राइभिङ कन्डिसनमा दीगो ई८ लाई एक किलोमिटर गुडाउँदा १ रुपैयाँ ११ पैसा मात्रै बिजुली खर्च हुने कम्पनीको भनाइ छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...