१० हजारमा इलेक्ट्रिक स्कुटर, ४ लाखमा इलेक्ट्रिक कार

काठमाडौं – नेपाली बजारमा लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर र वुलिङ ब्रान्डको वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको ईभी नेपाल मोटर्सले नयाँ वर्ष २०८१ को अवसरमा अफर उपलब्ध गराएको छ ।

यस अनुसार लेभ्निङ ब्रान्डका कुनै पनि इलेक्ट्रिक स्कुटर किन्दा शुरुमा १० हजार रुपैयाँ बुझाएर त्यसै अनुसार बाँकी रकम किस्ताबन्दीमा बुझाउन सकिने छ ।

लेभ्निङ इलेक्ट्रिक स्कुटर १२ फरक मोडलमा उपलब्ध छ, जुन कलेजको विद्यार्थी देखि कार्यालयका कर्मचारी र कृषक तथा अपांग सबैलाई हुने खालको प्रोडक्ट मानिन्छ । यो बोस कम्पनीको मोटर, सामसुङको लिथियम आयोन ब्याट्री आदि प्रयोग गरिएको विश्व प्रसिद्ध कम्पनीको उत्पादन हो ।

लेभ्निङ इलेक्ट्रिक स्कुटरको मूल्य १ लाख १५ हजार देखि सुरु हुन्छ । स्कुटरमा २ वर्षको वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ ।

त्यसैगरी वुलिङ एयर ईभी किन्दा शुरुमा ४ लाख किस्ता बुझाए पुग्छ । बाँकी रकम किस्ताबन्दीमा बुझाउन सकिन्छ । नेपाली बजारमा उपलब्ध वुलिङ एयर ईभी २०० किमी र ३०० किमी रेन्जमा पाउन सकिन्छ । यसरी किन्दा यसको मूल्यमा १ लाख ५० हजार रुपैयाँ छुट समेत उपलब्ध गराइएको छ ।

यी दुई मोडलको मूल्य क्रमशः २० लाख ९९ हजार र २६ लाख ९९ हजार रुपैयाँ छ ।

ईभी नेपाल मोटर्स नेपालमा लामो समय देखि प्रतिष्ठित रहदै आएको बज्र ग्रुप अन्तर्गतको कम्पनी हो । नेपालभर २२ स्थानमा रहेका शोरुमबाट ग्राहकले आवश्यक सेवा सुविधा लिन सक्ने छन् ।

सम्बन्धित समाचारहरू

बेइजिङ अटो शोमा लन्च भयो २०२४ मोडलको ओरा गुडक्याट

बेइजिङ अटो शोमा लन्च भयो २०२४ मोडलको ओरा गुडक्याट

ग्रेटवाल मोटरले २०२४ बेइजिङ अटो शोमा २०२४ मोडलको ओरा ३ लन्च गरेको छ ।...

नेपालमै बनेका दुई इलेक्ट्रिक मोटरसाइकलको मूल्य र फिचर सार्वजनिक

नेपालमै बनेका दुई इलेक्ट्रिक मोटरसाइकलको मूल्य र फिचर सार्वजनिक

काठमाडौं – नेपालमै बनेका दुई इलेक्ट्रिक मोटरसाइकलको मूल्य सार्वजनिक भएको...

होन्डाले लन्च ग-यो नयाँ इलेक्ट्रिक स्कुटर, यस्तो छ विशेषता

होन्डाले लन्च ग-यो नयाँ इलेक्ट्रिक स्कुटर, यस्तो छ विशेषता

होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ईएम१ई युरोपेली बजारमा लन्च गरेको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...