हिरोको इलेक्ट्रिक स्कुटरद्वारा २४ घण्टामा १७८० किमी पार गरी नयाँ रेकर्ड कायम
हिरो मोटोकर्पको इलेक्ट्रिक स्कुटर भिडा भी१ प्रोले २४ घण्टामा १७८०...
काठमाडौं – नेपाली बजारमा विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटर उपलब्ध भइरहेको समयमा पछिल्लो समयमा लेभ्निङको इलेक्ट्रिक स्कुटर चर्चित बन्दै गएका छन् । यसै सन्दर्भमा कम्पनीले अशक्त व्यक्तिलाई लक्ष्यित गरी उपलब्ध गराइरहेको एलएस०१ मोडलको इलेक्ट्रिक स्कुटर विशेष रुपमा धेरैका लागि आकर्षण बनेको छ ।
यो स्कुटरमा १.० किलोवाटको बोस मोटर प्रयोग गरिएको छ । बोस कम्पनीद्वारा उत्पादित मोटर विश्वमै धेरै लोकप्रिय मानिन्छ । त्यसैगरी यसमा ४८ भोल्ट २४ एएचको लिथियम आयोन ब्याट्री प्रयोग भएको छ । लिथियम आयोन ब्याट्री पनि इलेक्ट्रिक सवारी साधनमा प्रयोग हुने राम्रो ब्याट्री हो ।
एक पटकको फुल चार्जमा यसले ७० किलोमिटर सम्मको रेन्ज दिने कम्पनीको भनाइ छ । २५ किलोमिटर प्रतिघण्टाको स्पिडमा कुदाउन सकिने यो स्कुटरको लम्बाई १५५५ एमएम, चौडाई ७४० एमएम र उचाई १११५ एमएम छ । त्यसैगरी ह्विलबेस १०४५ एमएम छ । ट्युबलेस टायर प्रयोग गरिएको स्कुटरको ग्राउन्ड क्लियरेन्स १४५ एमएम छ ।

एलएस०१ मोडलको मूल्य २ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । तर नेपालका लागि लेभ्निङको आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले हाल शुरुमा १० हजार रुपैयाँ बुझाएरै स्कुटर लिन सकिने सुविधा उपलब्ध गराइरहेको छ ।बाँकी रकम प्रत्येक महिना किस्ताको रुपमा बुझाउन सकिने छ ।
तपाईको गोजीमा कति छ रु भन्ने स्किम अन्तर्गत १० हजार रुपैयाँमा लेभ्निङ ब्रान्डको स्कुटर नेपाल भरिको अशक्त व्यक्तिले पाउने छन् । फुल चार्जमा राम्रो रेन्ज दिने हुनाले कुनै पनि अशक्त व्यक्तिले कम्पनीको शोरुममा गएर १० हजार भुक्तानी गरि फाइनान्समार्फत सजिलैसँग खरिद गर्न पाउनेछन ।
यसका साथै नविल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सकिने छ । त्यसैगरी नगदमा किन्नेका लागि भने १० हजार छुट गरिएको कम्पनीले बताएको छ ।
अशक्त व्यक्तिको खर्च वचत हुने, पेट्रोल हाल्न नपर्ने, सर्भिस र पार्ट्समा खर्च नहुने, वातावरण स्वस्छ हुने हुनाले कम्पनीले यो सहुलियत दरमा र असक्त व्यक्तिको लागि १० हजार वा शून्य प्रतिशत स्किममा लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर सीमित अवधिको लागि प्रदान गर्ने योजना लागू गरेको बताएको छ ।
यो योजना प्रारम्भ भइसकेको र नजिकको लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुममा सम्पर्क गर्न सकिने बताइएको छ ।
हिरो मोटोकर्पको इलेक्ट्रिक स्कुटर भिडा भी१ प्रोले २४ घण्टामा १७८०...
काठमाडौं – नेपाली बजारका लागि बहुप्रतीक्षित इलेक्ट्रिक कार (ईभी) का रुपमा...
काठमाडौं– बिद्युतिय कार केईको नेपालका लागि आधिकारिक बिक्रेता जीओ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...