लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम अब जनकपुरमा खुल्दै

काठमाडौं – नेपाली बजारमा विगत ३० वर्ष देखि परिचित बज्र ग्रुप अन्तर्गतको ईभी मोटर्स नेपालले आगामी साउन ५ गते बिहीबार जनकपुरमा शोरुम शुभारम्भ गर्ने तयारी गरेको छ ।

जनकपुर ४ विश्वकर्मा चोक रोडमा अवस्थित इन्द्रेणी अटोमोबाइलले उक्त स्कुटरको शोरुमको कार्य गर्नेछ । सो अवसरमा लेभ्निङका विभिन्न उत्पादन समेत सार्वजनिक गरिने छ ।

मिस इन्टरनेसनल २०१७ विजेता नीति शाह र जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार साहको हातबाट संयुक्त रुपमा उक्त शोरुम उद्घाटन गर्ने तयारी भएको इन्द्रेणी अटोमोबाइलका संस्थापक रामनाथ साहले बताए । सो अवसरमा ईभी भेइकल अभियन्ता तथा बज्र ग्रुपका असिष्टेन्ट जनरल म्यानेजर एन.के. शरदको समेत सहभागिता रहने छ । सो अवसरमा जनकपुरलाई इलेक्ट्रिक भेइकल सहर समेत घोषणा गरिने छ ।

लामो समय देखि विश्व प्रसिद्ध ब्रान्ड बोसको टेक्नोलोजीबाट निर्मित, सामसुङ ब्रान्डको लिथियम आयोन ब्याट्री प्रयोग भएको लेभ्निङका इलेक्ट्रिक स्कुटर गुणस्तरीय भएको कम्पनीको भनाइ छ ।

हाल नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म छ ।

सम्बन्धित समाचारहरू

नेपाल आउदै गरेको प्रिमियम ईभी अवतार ११ मा यस्ता छन् विशेषता, मूल्य कति ?

नेपाल आउदै गरेको प्रिमियम ईभी अवतार ११ मा यस्ता छन् विशेषता, मूल्य कति ?

काठमाडौं – नेपाली बजारमा नयाँ प्रिमियम ईभी ब्रान्ड अवतार आउने भएको छ ।...

एमएडब्लु वृद्धि एक्सचेन्ज मेलाको आज अन्तिम दिन, ग्राहकको उत्साहकजनक सहभागिता

एमएडब्लु वृद्धि एक्सचेन्ज मेलाको आज अन्तिम दिन, ग्राहकको उत्साहकजनक सहभागिता

काठमाडौं– नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले गत...

नेपाल मोबिलटी एक्सपोमार्फत सार्बजनिक हुँदै मिफा७, यस्तो छ प्रिमियम एमपीभीका विशेषता

नेपाल मोबिलटी एक्सपोमार्फत सार्बजनिक हुँदै मिफा७, यस्तो छ प्रिमियम एमपीभीका विशेषता

काठमाडौं– साउन २१ गते काठमाडौंमा आयोजना हुन लागेको नाइमा नेपाल मोबिलिटी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...