नयाँ टियागो ईभीसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर : ४.३० लाखमा टियागो ईभी
काठमाडौं – टाटा मोटर्सको नयाँ टियागो ईभी अब अझ आकर्षक अफरसहित नेपाली...
काठमाडौं – नेपाली बजारमा उपलब्ध लेभ्निङ ब्रान्डका इलेक्ट्रिक स्कुटरको मूल्य २ लाख ९९ हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म छ । नेपालमा लेभ्निङको आधिकारिक वितरकको रुपमा ईभी नेपाल मोटर्स कार्यरत छ ।
ईभी नेपाल मोटर्सले हाल १० मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइरुहेको छ । कम्पनीको सबैभन्दा कम मूल्यको स्कुटर एलएक्स ०१ हो । यसको मूल्य २ लाख ९९ हजार रुपैयाँ रहेको छ । सो स्कुटरमा २ किलोवाटको मोटर र ६० भोल्ट २३.४ एएचको ब्याट्री रहेको छ ।
सबैभन्दा धेरै मूल्यको स्कुटर एलएक्स ०६ म्याक्स हो । यसमा ४ किलोवाटको मोटर र ६० भोल्ट ३२ एएचको ब्याट्री रहेको छ ।

बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले लेभ्निङ इलेक्ट्रिक स्कुटर भर्खर कलेज पढ्दै गरेका विद्यार्थी देखि युवाका साथै महिला पुरुष सबैलाई हुने र फुड डेलिभरी गर्न मिल्ने, अशक्तले चलाउन मिल्ने स्कुटर बजारमा उपलब्ध गराउदै आइरहेको छ ।
यी स्कुटरमा विश्व प्रसिद्ध बोस कम्पनीको मोटर र विभिन्न क्षमताका लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ । ब्याट्री सिंगल र रिप्लेसेबल ड्युअल गरी दुवै प्रकारका छन् । स्कुटरमा विभिन्न तीन राइडिङ मोड छन् भने एन्टी थेफ्ट, रिमोट कन्ट्रोल लगायतका विभिन्न फिचर उपलब्ध छन् भने २ वर्षको वारेन्टी उपलब्ध छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...