नेपाल भित्रियो १५ रुपैयाँमै ८० किलोमिटर गुड्न सक्ने इलेक्ट्रिक स्कुटर

काठमाडौं – १५ रुपैयाँ बराबरको विद्युत खपत गरेर ८० किलोमिटर गुड्न सक्ने इलेक्ट्रिक स्कुटर नेपाल भित्रिएको छ । इलेक्ट्रिक स्कुटर कम्पनी लेभ्निङ (LVNENG) को नेपालको लागि आधिकारिक वितरक जम्बो इको भेइकलले लेभ्निङ ब्रान्डाका एक्स१ (X1) र एस५ (S5) तथा जम्बो ब्रान्डका डी०६ (D06) र एम२० (M20) मोडलका इलेक्ट्रिक स्कुटर नेपाल भित्र्याएको हो । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले सो स्कुटरको नेपाली बजारमा औपचारिक रुपमा सार्वजनिक गरेका हुन् । त्रिपुरेश्वरस्थित स्कुटरको सोरुममा एक कार्यक्रमका बीच स्कुटर सार्वजनिक गरिएको हो । यी स्कुटरमा पावर, पर्फमेन्स, फिचर्स र मूल्य प्रतिस्पर्धी ब्रान्डको तुलनामा अब्बल रहेका छन् भने यसमा प्रयोग भएका पार्ट्स संसारकै उत्कृष्ट कम्पनीका छन् । त्यसैले ग्राहकले यसको गुणस्तरको कुनै चिन्ता लिनु नपर्ने कम्पनीका संचालक नारायण गौतमको भनाइ छ । एक्सआई मोडलमा २ हजार २० र एस५ मोडलमा ३ हजार वाटका बोस मोटर जडान गरिएको छ भने जम्बो ब्रान्डको डी०६ र एम२० मा क्रमशः २ हजार वाट र १५ सय वाटको मोटर जडान गरिएको छ । बोस कम्पनीको यो मोटरमा कन्भर्सन इफिसियन्सी र लङ लाइफ वार्किङ क्यापासिटी तथा हाई स्लोप एबिलिटी हुने गौतमको दावी छ । यी स्कुटरमा लिथियम आयोजन पोलिमर ई७ सिरिजको संसारको सबै भन्दा पछिल्लो प्रविधिको सामसुङ ब्याट्री जडान गरिएको छ, जसलाई घण्टामा फुल चार्ज गर्न सकिन्छ । यी स्कुटरमा ड्युअल ब्याट्री अप्सन रहेकोले १६० किलोमिटर सम्मको यात्रा तय गर्न सकिने कम्पनीले जनाएको छ । यसमा वातावरण अनुसार उज्यालो दिने एलईडी हेडलाइट, रियर एन्ड फ्रन्ट डिस्क ब्रेक, आईपी६५ वाटर प्रुफिङ, ब्लुटुथ, किलेस इन्ट्री, सर्च मोड, सेन्सर कन्ट्रोल्ड सिस्टम आदि छ । यसमा भएको फेलर इन्डिकेसन सिस्टमले स्कुटरको मोटर, ब्रेक र स्पिड कन्ट्रोलरमा समस्या आए डिस्प्लेमा देखाउँछ । कम्पनीले एक्स१ स्कुटरको मूल्य २ लाख ६० हजार, एस५ स्कुटरको मूल्य २ लाख ९९ हजार ९९९, डी०६ स्कुटरको मूल्य २ लाख ३५ हजार र एम२० को मूल्य १ लाख ८५ हजार रुपैयाँ तोकेको छ । डबल ब्याट्री राख्न चाहनेले थप ६० हजार रुपैयाँ तिरेर लिन सकिन्छ । सुरुवाती चरणमा कम्पनीले काठमाडौं, हेटौंडा, चितवन र बुटवलमा शाखा बिस्तार गरेको छ भने छिटै देशै भरी नेटवर्क बिस्तार गर्ने तयारी गरेको बताएको छ । कम्पनीले बिक्री पछिको सेवाका लागि स्मार्ट होम सेवा एप्लिकेसनबाट आफ्ना ग्राहकलाई १ घण्टा भित्र सेवा दिने तयारी गरेको छ । जसले इलेक्ट्रिक सवारीको बजारीकरणमा सहयोग पु¥याउने कम्पनीेले जनाएको छ ।  

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...