लुयानको नयाँ इलेक्ट्रिक स्कुटर नेपाल आउँदै, यस्तो छ मुल्य र रेन्ज

काठमाडौं– लुयानको नयाँ इलेक्ट्रिक स्कुटर नेपाल आउने भएको छ । नेपालका लागी आधिकारिक वितरक जेरो एमिसन राइड एनले भादौ १५ देखी काठमाडौंंमा आयोजना हुने नेपाल ईभी इन्टरनेश्नल शोमा एस–७० प्रो मोडललाई लन्च गर्न लागेको हो । लुयानको हाल एमएनके–३ र एस–३० मोडल उपलब्ध रहँदै आएको छ ।

सो नयाँ स्कुटरमा लुयानले २.८ किलोटको लिक्वड कुल्ड हव मोटर दिएको छ । साथै यसमा ९६ भोल्ट २३ एम्पियरको ग्राफिन ब्याट्री पाउन सकिन्छ । सो ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ७० देखी ८० किलोमिटरसम्म रेन्ज पाउन सकिने दावी गरिएको छ । स्कुटरको चार्ज साइकल ८०० रहेको छ ।

लुयान एस–७० प्रोको दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ भने यसमा डिआरएल सहितको एलइडी हेडलाइट, एलइडी डिस्प्ले, एनएफसी सेन्सर किलेस इन्ट्री र एन्टि थेप्ट सिस्टम लगायत फिचर पाउन सकिन्छ । यसको ग्राउन्ड क्लिरियन्स १३५ एमएम र ह्विलवेश १३०० एमएम रहेको छ ।

सो नयाँ स्कुटरको मूल्य १ लाख ९८ हजार ९०० रुपैयाँमा निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

रसुवागढी नाकाबाट सवारी साधन भित्रिने क्रम बढ्दो, ८ महिनामा कति भित्रिए ?

रसुवागढी नाकाबाट सवारी साधन भित्रिने क्रम बढ्दो, ८ महिनामा कति भित्रिए ?

काठमाडौं – उत्तरी नाका रसुवागढीबाट आर्थिक वर्ष २०८१/८२ को साउनदेखि फागुन...

नेपाली बजारमा थपियो अर्को इलेक्ट्रिक स्कुटर ब्रान्ड : कोमाकीका दुई इलेक्ट्रिक स्कुटर उपलब्ध

नेपाली बजारमा थपियो अर्को इलेक्ट्रिक स्कुटर ब्रान्ड : कोमाकीका दुई इलेक्ट्रिक स्कुटर उपलब्ध

काठमाडौं – नेपाली बजारमा भारतीय इलेक्ट्रिक ब्रान्ड कोमाकीका दुई...

कारमा प्रयोग गरिने रियर भ्यु मिररको अर्थ र इतिहास

कारमा प्रयोग गरिने रियर भ्यु मिररको अर्थ र इतिहास

सवारी साधनमा रियर भ्यु मिरर अति महत्वपुर्ण हिस्सा हो । यसलाई कारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...