जीहो स्कुटर किन्दा नगद छुट र वम्परमा एक जनालाई बाली भ्रमणको अवसर
काठमाडौं– सिएफमोटो र जिहो स्कुटरको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड...
काठमाडौं–लुयान नेपालले नयाँ वर्ष २०८२ को अवसरमा ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ ।
यस अफर अन्तर्गत, लुयानका कुनैपनि इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकले १५ हजार नगद छुट, एक वर्षको सवारी कर, बाइक कभर, टी–शर्ट, र हेलमेट निःशुल्क प्राप्त गर्नसक्ने जनाइएको छ । अफर आगामी बैशाख मसान्त सम्मका लागिमात्र उपलब्ध हुनेछ ।
नगदमा खरिद गर्ने ग्राहकमा मात्र लागु हुने यस अफरसंगै कम्पनीले ग्राहकको सुविधाको लागि एक्सचेन्ज र फाइनान्स सुविधा पनि उपलब्ध गराएको छ । जसअनुसार, ग्राहकहरूले पुरानो स्कुटर साटेर नयाँ लुयान स्कुटर सहज किस्तामा लिन सक्नेछन् ।
लुयान नेपालले काठमाडौंभित्र १७ स्थानमा सर्भिस सेन्टर तथा चार्जिङ पोइन्ट सञ्चालन गरिरहेको जनाएको छ । जुन नेपालमा भएका इलेक्ट्रिक स्कुटर ब्राण्डमध्ये सबैभन्दा धेरै रहेको कम्पनी दाबी छ । साथै, नेपालभरका १३ प्रमुख शहरहरूमा लुयानको डिलर नेटवर्क रहेको छ ।
कम्पनिका अनुसार, नेपालमा सबैभन्दा सस्तो, भरपर्दो र सर्वसुलभ इलेक्ट्रिक स्कुटर ब्रान्डको रूपमा लुयान चिनिँदै आएको छ । राम्रो तान्ने क्षमता, आयल कुल्ड मोटर र कम मर्मत खर्चका कारण लुयान स्कुटरहरू नेपाली ग्राहकहरूका लागि पहिलो रोजाइ बन्दै गएका छन् ।
लुयानको एमएनके ३ र एस ९० बढि चर्चामा रहेको र छुटपछि यी स्कुटरको मूल्य क्रमशः १ लाख ७७ हजार ६ सय र २ लाख १ सयमात्र रहेको कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं– सिएफमोटो र जिहो स्कुटरको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड...
अहिले बजारमा सबैभन्दा बढी माग भएको सेग्ेमन्ट हो एसयुभी । भारतीय बजारमा...
आजको समयमा इलेक्ट्रिक कारप्रति आकर्षण तीव्र रूपमा बढिरहेको छ। कम सञ्चालन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...