लुयान नेपालको होली अफर, नगद छुट र एक्सेसरिज निशूल्क

काठमाडौं– लुयान नेपालले होलीको अवसरमा विशेष अफर सँचालन गरेको छ । सो अवसरमा लुयान तथा इकुटरका कुनैपनि स्कुटर खरिद गर्ने ग्राहकले नगद १५ हजार छुटका साथै हेलमेट, बाइक कभर तथा होली टिसर्ट निःशुल्क प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

हाल कम्पनीसँग १ लाख ५० हजारदेखि २ लाख ७० हजार सम्मका विभिन्न इलेक्ट्रिक स्कुटर रहेका छन् । जसमध्ये सबैभन्दा परिचित र बढी बिक्रि हुने एमएनके३ मोडेलको स्कुटर हो । जसको मुल्य जम्मा १ लाख ९२ हजार ६ सयमात्र छ । जसलाई होली अफरमा किन्दा जम्मा १ लाख ७७ हजार ६ सयमा पाउन सकिन्छ ।

त्यसैगरी, कम्पनीसँग २ लाख १५ हजार १ सयमा लुयानको एस९०, २ लाख २५ हजारमा इकुटरको ई३ तथा २ लाख ९ हजार ७ सयमा विँगर लगायतका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । कम्पनीसँग जम्मा १ लाख ५० हजार पर्ने काइसाइ ब्राण्डको स्कुटर पनि रहेको छ । लुयान नेपालले लिथियम आयन र ग्राफिनी दुबै ब्याट्री अप्सनमा स्कुटरहरु उपलब्ध गराउँदै आएको छ ।


सामान्यतयाः नेपाली बजारमा भएका अन्य इलेक्ट्रिक स्कुटरहरुको तुलनामा समान गुणस्तर र कन्फिगुरेसनमा हेर्दा लुयानका स्कुटर धेरैनै सस्तो रहेको कम्पनीका सेल्स हेड शंकर शर्माले बताए । त्यसका साथै स्पेयर पाट्र्सको पनि मुल्य कम भएको उनको दावी छ ।

कुनैपनि सवारीसाधनको बिक्रि भन्दापनि बिक्रि पछिको सेवा महत्वपुर्ण हुने भन्दै सेल्स हेड शर्माले त्यसका लागि कम्पनीको काठमाण्डौं उपत्यकाभित्र मात्रै १५ वटा सर्भिस सेन्टर सँचालनमा रहेको जानकारी दिए ।

लुयान तथा इकुटर ब्राण्डका इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक जीरो इमिसन राइड एन रहेको छ । जसले नेपाली बजारमा विगत ६ बर्षदेखि इलेक्ट्रिक स्कुटरको कारोबार गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

लुयानको ललितपुर र भक्तपुरमा नयाँ शोरुम विस्तार

लुयानको ललितपुर र भक्तपुरमा नयाँ शोरुम विस्तार

काठमाडौं–लुयान इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्रेता जीरो इमिसन राइड...

९ महिनामा २,४५१ युनिट विद्युतीय गाडी आयात, यस्तो छ अवस्था

९ महिनामा २,४५१ युनिट विद्युतीय गाडी आयात, यस्तो छ अवस्था

काठमाडौं – चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा २ हजार ४५१ युनिट विद्युतीय...

किया इभी६ को रेन्ज : डव्लुएलटिपी भन्छ ५२८ एआरएआईको दावी ७०८ किलोमिटर

किया इभी६ को रेन्ज : डव्लुएलटिपी भन्छ ५२८ एआरएआईको दावी ७०८ किलोमिटर

किया इभी६ को रेन्जलाई लिएर डव्लुएलटिपी र एआरएआईको दावी वाझिएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...