लुयान ब्रान्डको एमएनके थ्री इलेक्ट्रिक स्कुटर थप दुई भेरिएन्ट र नयाँ कलरमा उपलब्ध

काठमाडौं – लुयान ब्रान्डको एमएनके थ्री इलेक्ट्रिक स्कूटर थप दुइ नयाँ भेरिएन्ट र नयाँ कलरमा नेपाली बजारमा भित्रिएका छन्। नेपाली बजारमा लुयान ब्रान्डको इलेक्ट्रिक स्कूटर बिक्री–वितरण गर्दै आएको जेरो एमिसन राइड एनले थप दुइ नयाँ भेरिएन्ट र नयाँ कलरमा यसलाई भित्र्याएको हो ।

यसअघि लिड एसिड ब्याट्रीमा मात्र उपलब्ध यो मोडल अब थप दुई ब्याट्री ग्राफिन र लिथियम आयोन ब्याट्रीमा पनि उपलब्ध गराएको छ। यसमा प्रयोग हुने लिड एसिड ब्याट्री ७२ भोल्ट ३२ एम्प्यिरको छ भने ग्राफिन ब्याट्री ७२ भोल्ट ३५ एम्पियरको र लिथियम आयोन ब्याट्रीमा ७२ भोल्ट ३२ एम्पियर ब्याट्री उपलब्ध छ ।

फरक ब्याट्री अनुसार माइलेज अर्थात रेन्ज पनि फरक छन्। लिड एसिड ब्याट्रीको ७५ देखि ८५ किलोमिटर छ भने ग्राफिन ब्याट्रीले ९० देखि ११० किलोमिटर र लिथियम आयोन ब्याट्रीले ८५ देखि १०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

लुयानको सो इलेक्ट्रिक स्कुटरमा १ हजार ५ सय वाट क्षमताको आयल कुल्ड हब मोटर जडान गरिएको छ जसलाई ७२ भोल्ट ५५ एम्प्यिरको कन्ट्रोलरको प्रयोगले पिक मोटर पावर २८०० वाटको आउटपुतट निकालिएको छ। आयल कुल्ड हब मोटरमा प्रयोग भएको आयले मोटरको तापक्रम ३० डिग्री सम्म कम गर्न मद्दत गर्दछ। जुन सेगमेन्टकै पहिलो रहेको कम्पनीको दावी छ ।

साथै यी स्कुटरहरुमा एनएफसी सेन्सर कार्डको प्रयोगबाट स्कुटरमा किलेस इन्ट्री र एन्टी थेफ़्ट अलार्म संचालन हुने प्रविधि जडान गरिएको छ। साथै सिग्नल लाइट चालु रहेको संकेतको लागि ध्वोनी पनि जडान गरिएको कम्पनीले जनाएको छ।

अगाडि डिस्क र पछाडि चक्कामा सेरामिक ड्रम ब्रेक जडान गरिएको छ। डीआरएल सहितको एलईडी हेड लाइट दिइएको यस स्कूटरको लुक्स एकदमै आकर्षक छ । यसमा जडित टायरले पन्चरको समयमा पनि हब रिमलाई सुरक्षित राख्दछ।

यसको डिजिटल कन्सोलमा स्पिड र चार्जको सही डिस्प्लेको लागि एसओसी मोड्युल जडान गरिएको कम्पनीले जनाएको छ। यसमा सुरक्षाको लागि अटो व्हील लक्, चाइल्ड लक् र मोबाइल चार्जको लागि अलग पोर्ट जस्ता सुबिधा समेत दिइएको छ।

यो स्कुटर थप दुई नयाँ कलर सहित ६ कलरमा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

चार्जिङ नेटवर्क विस्तारमा आक्रामक बन्दै सीजी मोटर्स, देशकै ठूलो नेटवर्क बन्दै

चार्जिङ नेटवर्क विस्तारमा आक्रामक बन्दै सीजी मोटर्स, देशकै ठूलो नेटवर्क बन्दै

काठमाडौं – नेपालमा किङलङ र केवाईसी लगायतका इलेक्ट्रिक सवारी साधन उपलब्ध...

चल्दै छ चेम्बर एक्सपो, सवारी साधन देखि अन्यको आकर्षण

चल्दै छ चेम्बर एक्सपो, सवारी साधन देखि अन्यको आकर्षण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको ‘चेम्बर एक्स्पो...

सीजी मोटर्सको ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ सुरु, के–के छन् आकर्षण ?

सीजी मोटर्सको ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ सुरु, के–के छन् आकर्षण ?

काठमाडौं– सीजी मोटर्सले नेपालमै पहिलोपटक ७ अन्तर्राष्ट्रिय विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...