४३० किमी रेन्ज दिने एमजीको प्रिमियम पिकअप नेपाल आउँदै, नाइमा एक्सपोमा सार्बजनिक हुने
काठमाडौं– एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...
नेपाली बजारमा पछिल्लो समय लुआन ब्रान्डको इलेक्ट्रिक स्कुटर भित्रिएको छ । चीनमा निर्मित यो स्कुटरलाई जीरो इमिसन राइड नामको संस्थाले आधिकारिक बिक्रेताका रुपमा नेपाल भित्राएको हो । हाल यसको एउटामात्र मोडल एमएनके३ उपलब्ध रहेको र निकट भबिष्यमा थप मोडल समेत भित्राउँदै जाने कम्पनीले बताएको छ ।
काठमान्डौको नयाँ बजार, ललितपुरको मंगलबजार र पोखरबाट यसको बिक्री समेत प्रारम्भ भैसकेकोे छ । यो स्कुटरको मुल्य १ लाख ५३ हजार ९ सय ९९ सय रुपैयाँ निर्धारण गरिएको छ । यो स्कुटर खरिद गर्न चाहन ग्राहकले तत्कालका लागि हेलमेट, फेसशिल्ड र स्कुटर कभर निशुल्क पाउनेछन् भने थप ५ हजार नगद छुटको समेत ब्यवस्था मिलाएको छ ।
यो स्कुटरमा १ हजार ५ सय वाट क्षमताको लिक्विड कुल हव मोटर जडान गरिएको छ । जुन सेग्मेन्टकै पहिलो रहेको दाबी गरिएको छ । डिआरएल सहितको एलइडी हेडलाइट दिइएको यस स्कुटरको लुक्स आकर्षक र स्पोर्टी देखिन्छ ।
३२ एम्पियर क्षमताको लिड एसिड ब्याट्रि जडान गरिएको स्कुटरलाई फास्ट चार्जर मार्फत ३ देखी ४ घन्टामा फुल चार्ज गर्न सकिन्छ । एकपटक फुल चार्ज गरेपछि ७५ देखी ८५ किलोमिटरसम्म लामो यात्रा गर्न सकिन्छ । त्यसैगरी यसको पछाडी चक्कामा रन फ्ल्याट टायर जडान गरिएको छ भने अगाडी चक्कामा डिस्क र पछाडी सेरामिक ड्रम ब्रेक दिइएको छ ।
यसको डिजिटल कन्सोलमा स्पिड र बाँकी चार्जले कति किलोमिटरसम्म स्कुटर कुद्छ भनेर हेर्न सकिने ब्यवस्था मिलाइएको छ । यसका अतिरिक्त एन्टि थेफ्ट अलार्म, अटो ह्विल लक, चाइल्ड लक र युएसबी पोर्टजस्ता सुबिधा समेत दिइएको छ । जसले स्कुटरलाई अत्याधुनिक, सुबिधासम्पन्न र सुरक्षित बनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...