दैनिक २०० तिरेर लुयान स्कुटर आफ्नो बनाउन सकिने

काठमाडौं–लुयान नेपालले ग्राहकलाई लक्षित गर्दै सजिलो फाइनान्स सुविधा सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत अब ग्राहकले दैनिक करिब २०० रुपैयाँ तिरेर पनि लुयानको इलेक्ट्रिक स्कुटर आफ्नो बनाउन सक्ने भएका छन् ।

‘लुयान सरल फाइनान्स’ अफर अन्तर्गत लुयानको लोकप्रिय एमएनके३ प्रो मोडेल खरिद गर्दा ग्राहकले ५० प्रतिशत डाउनपेमेन्ट गरेपछि बाँकी रकमलाई १८ महिनासम्मको सहज किस्तामा तिर्न सक्ने व्यवस्था गरिएको छ । यसरी हिसाब गर्दा दैनिक करिब रु २०० बराबरको किस्ता पर्न जाने कम्पनीले जनाएको छ ।

१ लाख ९५ हजार मूल्य रहेको एमएनके३ प्रोमा २८०० वाटको पिक मोटर पावर जडान गरिएको छ, जसले उकालो बाटोमा पनि उत्कृष्ट परफर्मेन्स दिन सक्षम बनाउँछ । करिब १८० एमएम ग्राउण्ड क्लियरेन्स भएको यस स्कुटरले ग्रामीण कच्ची सडकमा समेत सहज रूपमा चल्न सक्ने कम्पनीको दाबी छ ।

गुणस्तरीय स्कुटर सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको लुयान नेपाल सर्भिस नेटवर्कको हिसाबले पनि अग्रणी मानिन्छ । कम्पनीले काठमाडौं उपत्यकाभित्र मात्र करिब १८ वटा सर्भिस सेन्टर सञ्चालन गर्दै आएको छ, जसले ग्राहकलाई सहज र भरपर्दो सेवा सुनिश्चित गरेको छ ।

लुयानसँगै कम्पनीले सारथी तथा इकुटर ब्राण्डका इलेक्ट्रिक स्कुटरहरूको समेत बिक्री वितरण गर्दै आएको छ । विगत ७ वर्षदेखि निरन्तर यस क्षेत्रमा सक्रिय रहँदै आएको कारणले पनि कम्पनीप्रति ग्राहकको विश्वास मजबुत बन्दै गएको कम्पनीका सेल्स हेड शंकर शर्माले बताए ।

सम्बन्धित समाचारहरू

४० हजारले बढ्यो हुन्डाई कोना ईभीको मूल्य

४० हजारले बढ्यो हुन्डाई कोना ईभीको मूल्य

काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

बीवाईडीको नेपालमा ६ वर्ष, नयाँ मोडलसहित ‘नयाँ ड्राइभिङ एक्सपेरियन्स’ प्रदान गर्ने प्रतिवद्धता

बीवाईडीको नेपालमा ६ वर्ष, नयाँ मोडलसहित ‘नयाँ ड्राइभिङ एक्सपेरियन्स’ प्रदान गर्ने प्रतिवद्धता

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपालमा...

यस्तो छ नेपालमा बिक्री शुरु हुन लागेको इलेक्ट्रिक क्रसओभर एमजी–४ (मूल्य र फिचर सहित)

यस्तो छ नेपालमा बिक्री शुरु हुन लागेको इलेक्ट्रिक क्रसओभर एमजी–४ (मूल्य र फिचर सहित)

एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले अर्को नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...