लुम्बिनी प्रदेशमा सवारी नवीकरणमा ७५ प्रतिशत छुट

 प्रदेश सरकारले सवारी साधनको नविकरणमा ७५ प्रतिशत छुट दिने भएको छ ।

सवारी नवीकरण दर घट्दै गएपछि सरकारले जरिवाना रकममा ७५ प्रतिशत छुट दिने योजना ल्याएको हो । यही साउन १ गतेदेखि आगामी पुस मसान्तसम्म नवीकरण गर्ने सवारीका लागि जरिवाना छुट हुने प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले जनाएको छ ।

यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानले सवारी साधनलाई नवीकरणको दायरामा ल्याउने र राजश्व संकलन बढाउने उद्देश्यले जरिवानामा छुट योजना ल्याएको बताए । लुम्बिनी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा सवारी तथा चालक अनुमती पत्र नवीकरणबाट २३ करोड ५२ लाख ६० हजार रुपैयाँ आम्दानी गरेको थियो ।

यो कुल अनुमानको ६० प्रतिशत मात्रै आय हो । नवीकरण नभएका सवारी साधनबाट राजश्व नउठ्ने मात्र नभई जरिवाना छल्नका लागि तीव्र गतिमा हाक्दा दुर्घटना हुने सम्भावना बढेकाले पनि छुटको योजना ल्याइएको मन्त्री न्यौपानेले बताए ।

यस योजनाबाट एकातिर राजस्व संकलन हुने, अर्कोतर्फ सडकमा हुने दुर्घटनाको जोखिम न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।

यद्यपि अहिलेसम्म नवीकरण नगरिएका सवारी साधनको यकिन संख्या छैन, मन्त्रालयले सवारीधनीहरूलाई समयमै आफ्नो गाडी नवीकरण गरेर कानुनी बनाइदिन आग्रह गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...