नाडा ईभी एक्सपो २०२२ का लागि लक्की ड्र कार्यक्रम सम्पन्न

काठमाडौं - नेपालमा पहिलो पटक नाडाले आयोजना गर्न लागेको नाडा ईभी एक्सपो २०२२ मा चार पाँग्रे, तीन पाँग्रे दुई पाँग्रे विद्युतीय सवारी साधनहरुको उल्लेख्य सहभागिता रहने भएको छ ।

यसैगरी सो प्रदर्शनीमा अटो कम्पोनेण्ट, टायर, व्याट्री, ग्यारेज इक्विपमेन्ट्स, चार्जिङ्ग स्टेशन, लगायत बैङ्क तथा इन्स्योरेन्स कम्पनीहरु समेत गरी कुल ४५ भन्दा बढी कम्पनीहरुको सहभागिता हुने भएको छ ।

काठमाडौको भृकुटी मण्डपमा आगामी असोज ६ गते देखि ९ गतेसम्म आयोजना हुने नाडा ईभी एक्सपो २०२२ मा सहभागी हुने कम्पनीहरुको लागि लक्की ड्र कार्यक्रम आज टेकुस्थित आफनै सचिवालयमा सम्पन्न गरेको नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए ।

उक्त लक्की ड्र कार्यक्रममा नाडाका अध्यक्ष ध्रुव थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्य समिति सदस्य प्रदिपमान प्रधान समेतको उपस्थिति रहेको थियो ।

नाडाले नाडा ईभी एक्सपो २०२२ को तयारी तीव्र गतिमा भइरहेको बताएको छ ।

सम्बन्धित समाचारहरू

स्थगित भयो नाडाको ४५औं वार्षिक साधारण सभा तथा निर्वाचन

स्थगित भयो नाडाको ४५औं वार्षिक साधारण सभा तथा निर्वाचन

काठमाडौं – आगामी भाद्र २५ गते हुने भनिएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ...

नाडा अब महासंघमा रुपान्तरण हुने

नाडा अब महासंघमा रुपान्तरण हुने

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ...

अर्थमन्त्रीलाई नाडाले दियाे ३६ बुँदे सुझाव

अर्थमन्त्रीलाई नाडाले दियाे ३६ बुँदे सुझाव

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...