नेपाली बजारमा भित्रियो लुबिनेक्स लुब्रिकेन्ट, डिलरको खोजी

काठमाडौं – नेपाली बजारमा नयाँ ब्रान्डको लुब्रिकेन्ट ‘लुबिनेक्स’ भित्रिएको छ । स्पिड ट्रेडिङ प्रालि लुबिनेक्स लुब्रिकेन्टको आधिकारिक वितरक बनेको छ । स्पिड ट्रेडिङ प्रालिले नेपाल भरका लागि यसको डिलर खोजी गरिरहेको बताएको छ ।

लुबिनेक्स लुब्रिकेन्ट भारतमा सन् १९७६ देखि नै उपलब्ध लुब्रिकेन्ट हो । यसलाई भारतको प्रतिष्ठित कम्पनी लुबिनेक्स पेट्रोकेमिकल्स प्रालिले उत्पादन गरेको हो । कम्पनीले मिनरल बेस्ड, सेमी सिन्थेटिक र सिन्थेटिक आयलमा आधारित अटोमोटिभ, इन्डष्ट्रियल र विभिन्न प्रकारका लुब्रिकेन्ट र ग्रिज उत्पादन गर्छ ।

लुबिनेक्सले टु ह्विलर, प्यासेन्जर कार, कमर्सियल र हेभी ड्युटी सबैका लागि लुब्रिकेन्ट उत्पादन गर्दै आएको छ । यसका मल्टी ग्रेड, सिन्थेटिक फोर स्ट्रोक इन्जिन आयल, प्रिमियम फोरटी इन्जिन आयल आदि उपलब्ध छन् ।

लुबिनेक्सले आईएसओ ९००१ः२००८ सर्टिफाइड कम्पनी हो । भारतका उत्तर पूर्व र पश्चिम एसियाका विभिन्न स्थानमा यसका ठूला स्टोरेज प्लान्ट र डिष्ट्रिब्युसन नेटवर्क छन् ।

नेपाली बजारमा पनि सबै रेन्जका लुबिनेक्स लुब्रिकेन्ट उपलब्ध हुने स्पिड ट्रेडिङका म्यानेजिङ डाइरेक्टर नगेन्द्र खनालले बताए । उनका अनुसार डिलर नियुक्ति पश्चात देशभर यो लुब्रिकेन्ट उपलब्ध हुनेछ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...