अटो शोमा नेपालमै बनेका ब्याट्री र लुब्रिकेन्ट्सदेखी विभिन्न ब्रान्डका कम्पोनेन्ट

काठमाडौं–भोलीदेखी सुरु हुने नाडा अटो शोमा सवारीसाधनसंगै विभिन्न ब्रान्डका लुब्रिकेन्ट्स, ब्याट्री, टायर, स्पेयर पार्ट्स र एसेसोरिजको समेत अवलोकन गर्न पाइनेछ । मेलामा नेपालमै बनेका लुब्रिकेन्टदेखि ब्याट्री र टायरसम्मका ब्रान्डले सहभागीता जनाएका छन् ।

नेपालमा उत्पादन हुने ब्याट्री एसटीसी राइड तथा इनर्जी र स्वदेशी लुव्रिकेन्ट ब्रान्ड नेपाल गोल्ड, पिएलओ, गल्फ र भिडोल समेत सहभागी भएका हुन् । यसैगरी, ब्याट्रीमा टाटा ग्रिन र ग्लोब्याट जस्ता ब्रान्डले स्टल लिएका छने भने लुब्रिकेन्ट्समा सर्भो, पेट्रोनास, मोटुल, लिक्विमोली, डकहाम्स, यूनोकल, टोटल, बोश र डाईनेक्स जस्ता ब्रान्ड सहभागी छन् । टायरबाट भने जेकेले मात्रै सहभागिता जनाएको छ ।

प्रदर्शनीमा विभिन्न ब्रान्डका स्पेयर पार्ट्स, हेल्मेट र ग्यारेज उपकरण सहभागी हुँदैछन् । जसमध्ये हिट्को प्रालिको एटीएस एल्गी र एल्गीले सवारी ग्यारेजका लागि आवश्यक सबै उपकरण राख्ने भएको छ भने यसको सिज फायर र फायर प्रो ब्रान्डले फायर एक्टिङगुइसरलाई प्रर्दशनीमा राख्नेछ । यस्तै, गुड डिल ट्रेडिङ र पन्चकन्या मार्केटिङले पनि ग्यारेजका लागि आवश्यक उपकरणहरु नाडा अटो शोमा प्रर्दशनीमा राख्न लागेका छन् ।

पौडेल इन्टरप्राइजेजले स्टड्स र यूनीपेट्रो इनर्जीले स्टिलवर्ड हेल्मटलाई प्रर्दशनीमा राख्न लागेका छन् । क्रेटो प्राली, कामना डिस्ट्रिब्युटर्स, माइक्रो विज, शिब ओम शक्ति, सिम्पल टेक सोलुसन र सिप्रदि ट्रेडिङले बिभिन्न ब्रान्डका स्पेयर पार्ट्स तथा कम्पोनेन्टलाई सोकेस गर्ने तयारी गरेका छन् ।

सम्बन्धित समाचारहरू

चैत्र १३ देखि १७ सम्म पोखरामा ‘वाडा अटो शो’आयोजना हुने, नाडाले सहयोग गर्ने

चैत्र १३ देखि १७ सम्म पोखरामा ‘वाडा अटो शो’आयोजना हुने, नाडाले सहयोग गर्ने

काठमाडौं–नाडाले आफनो संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स...

अध्यादेशमा नाडा खुशी, अन्य सुझावहरुलाई पनि मनन गरिदिन आग्रह

अध्यादेशमा नाडा खुशी, अन्य सुझावहरुलाई पनि मनन गरिदिन आग्रह

सरकारले हालै अध्यादेशमार्फत देशको विकासलाई अघि बढाउने र अर्थतन्त्रलाई...

अटो शोमा नयाँ स्विफ्ट सार्बजनिक हुने, यस्ता छन् विशेषता

अटो शोमा नयाँ स्विफ्ट सार्बजनिक हुने, यस्ता छन् विशेषता

काठमाडौं–सुजुकी गाडीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटो कर्पले नाडा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...