एलएस अटोको चितवनमा ‘टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प’ हुने

काठमाडौं– चिनियाँ ईभी ब्रान्ड एलएस अटोले चितवनमा दुई दिने ‘टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प’ आयोजना गर्ने भएको छ । एलएस अटोको नेपालका लागि आधिकारिक वितरक नेक्सन भेन्चर प्रालिले फागुन ९ र १० गते चितवन गार्डेन रिसोर्टमा उक्त कार्यक्रम गर्न लागेको हो ।

विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस दाबी गरिएको संघाइ लन्च अटोमोटिभ टेक्नलोजी अन्तर्गतको एलएस अटोले नेपाली बजारमा एलईभी–०१ मोडलको विद्युतिय कार उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार एलएस अटोले विगत २५ वर्ष देखि विभिन्न ब्राण्डको अटोमोवाइलको डिजाइन, इन्जीनीयरीङ्ग, प्रोटोटाइप विकास तथा ट्रयाल प्रडक्सन जस्ता सम्पूर्ण काम (टर्नकि प्रोजेक्ट) गर्दै आएको छ ।

स्ट्याण्डर्ड र कम्फर्ट गरि दुई भेरियन्टमा उपलब्ध एलईभी– ०१ मा ६७.१ किलोवाट आवरको व्याट्री प्याक रहेको छ । यो इभीमा ९९ किलोवाटको फ्रन्टह्वील डाइभ मोटर रहेको छ । यो मोटरले ३२० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । यस इभीले एक पटकको फुल चार्जमा ५०० किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ ।

साथै एलईभी ०१ मा नेपालको बाटो सुहाउदो २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । कारमा लेदरेट स्टेरिङ ह्वील तथा सीटकभर, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बीयन्ट लाइट, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्टसिट, लग्जरी क्याविन स्पेश, हाइटेक ड्यासबोर्ड इन्टरफेस, एलसीडी इन्टुमेन्टल क्लस्टर, प्यानारोमिक सनरुफ, इलेक्ट्रीक टेलगेट, मल्टी ड्राइभ मोड जस्ता फिचर पाउन सकिन्छ ।

सुरक्षाका लागि यो इभीमा १० वटा एयरव्याग, इबीडी, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबीलीटी कन्ट्रोल, क्रूजकन्ट्रोल, अटोहोल्ड, हिलअसिस्ट कन्ट्रोल आदि फिचर रहेको छ । यस करको मूल्य ६१ लाख ९५ हजार र ६९ लाख ९५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

अर्को इलेक्ट्रिक सम्भावना : नास्टले तयार गरेको इलेक्ट्रिक स्कुटर उपकुलपति श्रेष्ठद्वारा टेस्ट राइड

अर्को इलेक्ट्रिक सम्भावना : नास्टले तयार गरेको इलेक्ट्रिक स्कुटर उपकुलपति श्रेष्ठद्वारा टेस्ट राइड

काठमाडौं – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले...

किङलङको नयाँ सोरुम पानीपोखरीमा

किङलङको नयाँ सोरुम पानीपोखरीमा

काठमाडौं – सीजी मोटर्सले ग्राहकको सहजताको लागि काठमाडौंको पानीपोखरीमा...

जिली बन्यो युरोपियन युनियनबाट एडास सर्टिफिकेट पाउने पहिलो चिनियाँ अटो निर्माता

जिली बन्यो युरोपियन युनियनबाट एडास सर्टिफिकेट पाउने पहिलो चिनियाँ अटो निर्माता

जिली अटो ग्रुपको एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम(एडास) ले युरोपियन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...