जिली ईएक्स५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभलको आयोजना हुने

काठमाडौँ - जिली ईएक्स५ म्याक्स तथा प्रो विद्युतीय सवारी साधनका आधिकारिक आयातकर्ता तथा वितरक एलआरआर मोटर्सले ग्राहकलाई उत्कृष्ट मूल्य, सुविधा र आकर्षक अनुभव प्रदान गर्ने उद्देश्यसहित बहुप्रतिक्षित “सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” आयोजना गर्ने भएको छ।

बैशाख ४ देखि ८ सम्म सञ्चालन हुने उक्त पाँचदिने कार्यक्रम काठमाडौँको गैरीधारास्थित जिली शोरुममा हरेक दिन बिहान १०:०० बजेदेखि साँझ ६:०० बजेसम्म सञ्चालन हुनेछ।

देशका कुनै पनि अटोमोबाइल कम्पनीको शोरुममै आयोजना गरिने एक्सचेन्ज क्याम्पहरूमध्ये यो सम्भवतः पहिलो एक्सचेन्ज मेला भएको कम्पनीको भनाइ छ । काठमाडौँको मुटु गैरीधारामा अवस्थित करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको एलआरआर मोटर्सको अत्याधुनिक शोरुम उद्योगकै ठूला शोरुमहरूमध्ये एकको रूपमा स्थापित छ। यस कार्निभललाई ग्राहकलाई सहज, छरितो र लाभदायक सवारी साटासाट तथा खरिद अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको हो।

कम्पनी स्रोतका अनुसार ग्राहकहरूले उत्कृष्ट बजार मूल्याङ्कनसहित तत्काल सवारी एक्सचेन्ज सेवा प्राप्त गर्नेछन् भने तुरुन्तै फाइनान्सिङ सुविधा तथा जिली ईएक्स५ म्याक्स र प्रोका नवीनतम २०२६ मोडलहरूमा विशेष पहुँचसमेत प्राप्त गर्नेछन् ।

आकर्षक नगद छुटका साथै ग्राहकहरूले १ वर्षको अटो प्लस इन्स्योरेन्स, वार्षिक सवारी कर (फिस्कल इयर ट्याक्स) को व्यवस्था, र निःशुल्क २-इन-१ अनुकूल चार्जर जस्ता थप लाभहरू पनि प्राप्त गर्नेछन्।

कार्यक्रमलाई अझ रमाइलो र स्मरणीय बनाउन आगन्तुकहरूले भेहिकल-टु-लोड (V2L) कफी अनुभव लिन सक्नेछन्, प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्, साथै पर्याप्त पार्किङ सुविधाबाट सहज भ्रमणको अनुभव लिन सक्नेछन्।

कार्यक्रमबारे प्रकाश पार्दै एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले भने, “सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभलले ग्राहकको सवारी स्वामित्वलाई अझ सहज, सुविधाजनक र लाभदायक बनाउने हाम्रो प्रतिबद्धता झल्काउँछ। उत्कृष्ट एक्सचेन्ज अफर, तुरुन्त फाइनान्सिङ सुविधा र आकर्षक थप सेवामार्फत हामीले हरेक आगन्तुकलाई एकीकृत अटोमोबाइल अनुभव प्रदान गर्ने लक्ष्य राखेका छौँ।”

श्रेष्ठले यस कार्यक्रमले नेपालको अटोमोबाइल बजारमा ग्राहक सहभागिता तथा सन्तुष्टिको नयाँ मापदण्ड  स्थापित गर्ने विश्वास व्यक्त गरे।

एलआरआर मोटर्सले सञ्चारकर्मी, ग्राहक तथा अटोमोबाइलप्रेमीहरूलाई कार्यक्रममा सहभागी भई प्रत्यक्ष अनुभव लिन हार्दिक निमन्त्रणा दिएको छ। कम्पनीका अनुसार यस्ता पहलहरूले ग्राहकसँगको सम्बन्ध सुदृढ गर्नुका साथै नेपालमा नवीन तथा स्वच्छ ऊर्जामा आधारित सवारी साधनप्रति जनचेतना अभिवृद्धि गर्न मद्दत पुर्‍याउनेछ।

सम्बन्धित समाचारहरू

कार्लोसको नेपाल भ्रमणभर सीजी मोटर्सले एक्सपेङ जी६ ईभी उपलब्ध गराउने

कार्लोसको नेपाल भ्रमणभर सीजी मोटर्सले एक्सपेङ जी६ ईभी उपलब्ध गराउने

काठमाडाैं – ब्राजिलका महान फुटबलर रोबर्टो कार्लोसको नेपाल भ्रमणलाई सहज...

इलेक्ट्रिक स्कुटरको समेत बढ्न थाल्यो मूल्य, एनआईयूले एउटै स्कुटरमा बढायो १६ हजार रुपैयाँ

इलेक्ट्रिक स्कुटरको समेत बढ्न थाल्यो मूल्य, एनआईयूले एउटै स्कुटरमा बढायो १६ हजार रुपैयाँ

इलेक्ट्रिक स्कुटर एनआईयूले एउटै मोडलमा १६ हजार रुपैयाँले मूल्य वृद्धि...

महिन्द्रा एक्सयूभी ४०० छिट्टै नेपाल आउने, यस्तो छ तयारी

महिन्द्रा एक्सयूभी ४०० छिट्टै नेपाल आउने, यस्तो छ तयारी

काठमाडौं – नेपाली बजारमा महिन्द्राको नयाँ इलेक्ट्रिक एसयूभी ‘एक्सयूभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...