तयार भयो ४०० किलोमिटर रेन्ज दिने दाबी गरिएको नेक्सन इभी

टाटा मोटर्सले नेक्सन इभीको लामो रेन्ज प्रदान गर्ने नयाँ भेरियन्ट तयार पारेको छ । सिंगल चार्जमा ४०० किलोमिटर रेन्ज दिने दाबी गरिएको यो इभीको हाल भारतमा सडक परिक्षण भैरहेको छ । रेन्ज बढाउन कम्पनीले यो एसयुभीमा हाल कारोबार भैरहेको रेगुलन नेक्नसन इभीको तुलनामा ३० प्रतिशत बढीले ब्याट्री प्याक बढाएको छ । यसमा ४० किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । जबकी रेगुलर मोडलमा ३०.२ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ, जसले ३०० किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।

ब्याट्री प्याक बढाइनु बाहेक यसको एक्सटेरियर, इन्टेरियर र फिचर्समा खासै परिबर्तन नगरिएको भएपनि एलोई ह्विल भने नयाँ दिइएको छ । नेक्सनकै डार्क एडिसनमा प्रयोग गरिएको फाईभ स्पोक एलोई ह्विल यो नयाँ एसयुभीमा दिइएको छ । त्यसैगरी ब्याट्री प्याक ठूलो भएका कारण गाडीको वजन १ सय किलोग्रामसम्म बढ्न सक्ने र चारवटै चक्कामा डिस्क ब्रेक उपलब्ध हुने अनुमान गरिएको छ ।

रेन्ज बढाउन यो एसयुभीमा रिजेनेरिटिभ ब्रेकिङ सिस्टम समेत थप गरिने जनाइएको छ ।यो एसयुभीको मूल्य रेगुलर नेक्सन इभीको तुलनामा ३ देखी ४ लाख भारुसम्मले बढी पर्न सक्ने अनुमान लगाइएको छ । जसको सिधा प्रतिस्पर्धा एमजी जेडएस इभी र हुन्डाई कोनासंग हुनेछ । यी दुई इभीको तुलनामा यसको मूल्य भने कम पर्नेछ ।

नेक्सन इभी नेपाली बजारमा समेत निकै नै रुचाइएको इलेक्ट्रिक कार हो । माग बमोजिम आपूर्ती हुन नसकिरहेको यो एसयुभीलाई ग्राहकले लामै सयमसम्म कुरेर भएपनि खरिद गरिरहेका छन् । जसको मूल्य नेपाली बजारमा ३७ लाखदेखी ४१ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

महिन्द्राको नयाँ इलेक्ट्रिक एसयूभी थार सार्वजनिक, यस्तो छ कम्पनीको भविष्यको योजना यस्तो छ

महिन्द्राको नयाँ इलेक्ट्रिक एसयूभी थार सार्वजनिक, यस्तो छ कम्पनीको भविष्यको योजना यस्तो छ

अन्ततः लामो समयदेखि बहुप्रतीक्षित महिन्द्राको नयाँ इलेक्ट्रिक एसयूभी...

बीवाईडीले ल्यायो ५ मिनेटमै ७० प्रतिशत चार्ज हुने दोस्रो पुस्ताको ब्लेड ब्याट्री

बीवाईडीले ल्यायो ५ मिनेटमै ७० प्रतिशत चार्ज हुने दोस्रो पुस्ताको ब्लेड ब्याट्री

बीवाईडीले दोस्रो पुस्ताको ब्लेड ब्याट्री र अत्याधुनिक फ्ल्यास चार्जिङ...

३ लाख रुपैयाँ कम मूल्यमा बीएडब्लु ब्रम्बी ईभी उपलब्ध हुने

३ लाख रुपैयाँ कम मूल्यमा बीएडब्लु ब्रम्बी ईभी उपलब्ध हुने

काठमाडौं – नेपालमा सबैभन्दा कम मूल्यको ईभी मध्ये एक बीएडब्लु ब्रम्बी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...