अब दुध ढुवानी गर्ने सवारी साधनमा हुनेछ यस्तो लोगो, एम्बुलेन्स सरह चल्न पाउने

काठमाडौं - कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुध ढुवानीका लागि प्रयोग हुने लोगो सार्वजनिक गरेको छ । बिहीबार भएको पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर घोषणा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लोगो सार्वजानिक गरेका हुन् । लोगो राखेपछि अब दुध बोकेको गाडी निर्वाध रुपमा एम्बुलेन्स सरह गुड्न पाउने छन् । दुग्धजन्य पदार्थको ढुवानी सहज बनाउन छुट्टै लोगो बनाएको दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले जानकारी दिए । बन्द हडताल तथा प्राकृतिक संकटलगायतका समयमा दुध ढुवानीमा समस्या देखिने गरेकोले लोगो प्रयोगमा ल्याएको यादवको भनाई छ । ढुवानीका बेला दुधलाई निश्चित समयभित्र निश्चित तापक्रममा निश्चित ठाउँमा पुराइसक्नुपर्छ तर बन्द हडताल वा बाटो अवरोध हुँदा व्यवसायीहरूले समस्या भोग्दै आएका थिए । कार्यकारी निर्देशक यादवले भने,“ दुग्धजन्य पदार्थ ढुवानी गर्दा पटक पटक समस्या देखियो । जसका कारण किसानले दूध उपलब्ध गराउने तर त्यसको पूर्ण रुपमा प्रयोग नहुने र बोटोमै बिग्रने अवस्था भएपछि हामीले नयाँ अवधारणा सुरु गरेका हौं । यो दुध ढुवानीमा गर्न लागिएको विश्वकै नयाँ अवधारणा हो ।” २०७६ चैत ११ गतेको मन्त्रीपरिषद् बैठकले दुधलाई अत्यावश्यकीय वस्तुको रुपमा राखेको थियो । तर पनि बन्द हडताल वा अन्य समस्याका क्रममा दुध ढुवानीको समस्या देखिएको बोर्डको भनाई छ । सुरक्षा निकायले समेत दुधका गाडीलाई अवरोध गर्ने गरेको देखिएको कार्यकारी निर्देशक यादवको भनाई थियो । समस्या यथावत रहेपछि बोर्डले लोगो प्रयोगमा ल्याउने निर्णय गरेको हो । बोर्डले सूचना निकालेर माग गरेपछि प्रतिस्प्रधामा आएका २८ वटा मध्य उत्कृृष्ट लोगो छनौट गरिएको यादवले बताए ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...