बाइक वा गाडी चलाउदा अनिवार्य बन्दै मास्क : तर गुणस्तरीयमा ध्यान दिनु आवश्यक
सामान्य अवस्थामा समेत मुखमा लगाइने मास्क अब भने सवारी साधन चलाउनका लागि...
काठमाडाैं - काठमाडौँ उपत्यकामा केही खुकुलो गर्दै पुनः एक हप्ता निषेधाज्ञा थपिने भएको छ ।
कोभिड¬१९ सङ्क्रमण नियन्त्रणका लागि उपत्यकामा यही १४ देखि २० गते राति १२ बजेसम्का लागि थप कडाइ गर्दै निषेधको आदेश थप गरिएको थियो ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले १४ गते अघिको स्थितिमा कायम रहने गरी २० गतेदेखि थप एक साता निषेधाज्ञा लम्ब्याउने निष्कर्ष निकालेको हो । आज बैठक बसेर उक्त निर्णय गरिने बैठकमा सहभागि भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार खाद्यान्न, किराना पसल, ग्रोसरी तथा डिपार्टमेन्टल स्टोर्सलाई बिहान नौ बजेसम्म सञ्चालन गर्न दिइने, विकास निर्माणका काम आवासीय रुपमा स्वास्थ्य मापदण्ड अपनाएर गर्न दिइने, निर्माणका सामान ढुवानीलाई निश्चित समय तोकेर सवारी साधनमा ओसारपसार गर्न दिइनेलगायतका निर्णय हुने छन् ।
यही १४ गते थपिएको आदेशमा भने यी सबै गतिविधिमा रोक लगाइएको थियो । खाद्यान्न पसल बन्द भएपछि प्रशासनले आवश्यक पर्नेहरुलाई स्थानीयस्तरमै खाद्यान्न उपलब्ध गराउने जनाएको थियो ।
आदेशका अन्य प्रावधान भने यथावत रहने जनाइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...