९० को दशकको लोकप्रिय स्कुटर एलएमएल इलेक्ट्रिक स्कुटर सहित पुनरागमन हुने

मोटरसाइकल निर्माता कम्पनी एलएमएलको पुनरागमन हुने भएको छ । कम्पनीले चाँडै नै ३ वटा नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले आगामी दिनमा नयाँ स्कुटरको फिचर, डिजाइन, टेक्नोलोजी, कार्यक्षमता र अन्य जानकारी प्रस्तुत गर्नेछ ।

एलएमएलले अर्को महिना अर्बन मोबिलिटी स्पेस सुदृढ गर्न आफ्नो नयाँ रूप र रणनीति खुलासा गर्नेछ । कम्पनीले नयाँ इलेक्ट्रिक स्कुटरका कन्सेप्ट भेरिएन्टलाई विश्वव्यापी ईभी बजारमा लन्च गर्नुअघि राम्रोसँग परीक्षण गरिने जानकारी दिएको छ ।

एलएमएल इलेक्ट्रिकका एमडी र सीईओ डा. योगेश भाटियाका अनुसार, विश्वव्यापी रूपमा एलएमएल पुनरागमनले खुसी भएको र पहिलो ३ इलेक्ट्रिक सवारी साधनको अवधारणा सेप्टेम्बर २९ मा अनावरण गरिने जानकारी दिएका छन् ।

कम्पनीले सेप्टेम्बर २९ मा सार्वजनिक गरिने स्कुटरको बारेमा खुलासा गरेको छैन । हालसम्म यसको उत्पादनको बारेमा पनि कुनै जानकारी सार्वजनिक गरिएको छैन । भाटियाका अनुसार एलएमएलको नयाँ स्कुटर उत्कृष्ट टेक्नोलोजी र फिचरले सुसज्जित हुने र विश्वव्यापी उपभोक्ताको विश्वास र मायालाई अझ बलियो बनाउने प्रष्ट पारेका छन् ।

एलएमएलले यस वर्षको सुरुमा हार्ले डेभिडसनका लागि बाइक उत्पादन गर्ने कम्पनी सिएरा इलेक्ट्रिक अटोसँग साझेदारी गरेको छ । सिएरा इलेक्ट्रिकले एलएमएलको आगामी इलेक्ट्रिक स्कुटर पनि निर्माण गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

टाटा ईभीको बजार हिस्सामा भारी गिरावट, एमजी र महिन्द्राले पछ्याउँदै

टाटा ईभीको बजार हिस्सामा भारी गिरावट, एमजी र महिन्द्राले पछ्याउँदै

काठमाडौं–केहि समय अघिसम्म एकछत्रजस्तै बजार लिएको टाटा ईभीले पछिल्लो समय...

रोहित पौडेल बने लीपमोटर नेपाल र सिट्रोन नेपालको ब्रान्ड एम्बेसडर

रोहित पौडेल बने लीपमोटर नेपाल र सिट्रोन नेपालको ब्रान्ड एम्बेसडर

काठमाडौं – नेपालमा लीपमोटर, सिट्रोन र प्यूजोकाे आधिकारिक वितरक,...

सिट्रोनले ल्यायो इलेक्ट्रिक कार ईसी३, यस्तो छ विशेषता

सिट्रोनले ल्यायो इलेक्ट्रिक कार ईसी३, यस्तो छ विशेषता

सिट्रोनले आफ्नो लोकप्रिय कार सी३ को इलेक्ट्रिक भर्सन ईसी३ भारतमा लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...