इलेक्ट्रिक स्कुटरमा लाग्ने लिक्विड कुल्ड मोटर के हो ?

अहिले विश्व बजारमा विद्युतीय सवारी साधनको प्रयोग बढिरहेको छ । यसका लागि ब्याट्री, मोटर, कन्ट्रोलर, चार्जर लगायतका महत्वपुर्ण कम्पोनेन्टहरुको प्रविधिमा निकै विकास भएको पाइन्छ । यसै बीचमा अहिले विद्युतीय स्कुटरमा प्रयोग भएको लिक्वीड कुल्ड मोटर चर्चामा छ ।

प्रायःविद्युतीय स्कुटरले उकालोमा तान्दैन कि भन्ने शंका पनि गरिन्छ । अथवा लामो दुरीसम्म चलाउन सकिन्न कि भन्ने गरिन्छ । यसको मुख्यकारण भनेको मोटरको क्षमता हो । विद्युतीय स्कुटरमा मोटरको क्षमता बढाउनका लागि मोटर तातिनबाट जोगाउनुपर्ने हुन्छ ।

उकालो बाटोमा चलाउँदा, धेरै वजन भएका व्यक्तिहरु बस्दा वा लामो दुरीको लगातारको यात्रा गर्दा स्कुटरको मोटर तातिन जान्छ । यसका लागि हावाबाट मात्र चिस्याएर सम्भव नहुने हुँदा लिक्विड मार्फत मोटर चिस्याउने प्रविधिको विकास भएको देखिन्छ ।

सामान्य हब मोटरलाई बाहिरी हावाले चिस्याउने काम गर्छ भने लिक्विड कुल्ड मोटरलाई हावा सँगसँगै लिक्विडले पनि चिस्याउने हुनाले यस्ता मोटरको तान्ने क्षमता बढी हुनुको साथै मोटरको आयु पनि धेरै हुन्छ ।

१ सय एमएल जति लिक्विड वा भनौं कुलिङ आयल हाल्ने व्यवस्था त्यस्ता मोटरमा मिलाइएको हुन्छ । त्यस्तो कुलिङ आयल सधैं फेरिरहन भने पर्दैन ।

नेपालमा बिक्रि हुने विद्युतीय स्कुटरहरु मध्ये लुयान र इकोबिट लगायत ब्रान्डका स्कुटरमा लिक्विड कुल्ड मोटरको प्रयोग भएको छ । प्रविधिमा भइरहेको विकास सँगसँगै अन्य ब्राण्डका स्कुटरमा पनि अब लिक्विड कुल्ड मोटर आउने अनुमान गर्न सकिन्छ

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...