नेदरल्याण्डले सौर्य उर्जाबाट चल्ने कार निर्माण गर्ने, रेन्ज ६२४ किलोमिटर

नेदरल्याण्डको लाइटइयर कम्पनीले विगत छ वर्षदेखि सौर्य ऊर्जामा चल्ने ईभीमा काम गरिरहेको छ । सो कम्पनीले चाँडै नै यो सोलारबाट चल्ने कार उत्पादन गर्ने तयारी गरिरहेको छ । लाइटइयर जिरो इलेक्ट्रिक सेडान कार हुनेछ । यसको मूल्य २ लाख ६६ हजार डलरबाट सुरु हुनेछ ।

लाइटइयर जिरोको डिजाइन कम्पनीको लाइटइयर वानसँग मिल्दोजुल्दो देखिनेछ, जसलाई २०१९ मा सार्वजनिक गरिएको थियो । सो कारमा कार्बन फाइबरबाट बनेको टियरड्रप बडी रहेको छ ।

लाइटइयर जिरोमा ओआरभीएमको सट्टामा क्यामेराको प्रयोग गरिएको छ । कम्पनीले यसको साइड स्कर्टको डिजाइनमा पनि केही परिवर्तन गरेको छ । लाइटइयर जिरोको रङमा भने केही परिवर्तन गरिएको छैन । कम्पनीले यसको इन्टेरियर डिजाइनमा पनि अपडेट गरिएको छ ।

लाइटइयर जिरोको क्याबिनमा माइक्रोफाइबर अपहोल्स्ट्री, प्लान्ट बेस्ट लेदर, रिसाइकल गरिएका बोतलबाट बनेको कपडा, रतन पाम वुड ट्रिम र इन्सुलेटेड पार्टिकल फोम सामग्री प्रयोग गरिएको छ । यसको ड्यासबोर्डमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम रहेको छ जुन एन्ड्रोइड अटोमोटिभ अपरेटिङ सिस्टममा चल्छ । लाइटइयर जिरोमा बिल्ट–इन नेभिगेसन, एन्ड्रोइड अटो र एप्पल कारप्ले, फोन–ए–की र ओभर–द–एयर अपडेट जस्ता फिचर समावेश गरिएको छ ।

लाइटइयर जिरोमा ४ इलेक्ट्रिक मोटरको साथमा ६० केडब्ल्युएच ब्याट्री प्याक जडान गरिएको छ । जसले १७४ बीएचपीको पावर र १७२० एनएमको टर्क जेनेरेट गर्छ । सो कारले १० सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने कम्पनीले जनाएको छ । सो कारको टप स्पिड १६० किलोमिटर प्रतिघण्टा रहेको छ ।

सम्बन्धित समाचारहरू

अभिनेत्री वर्षा राउत बनिन् ‘एवाेन भी’को ब्रान्ड एन्डोर्सर

अभिनेत्री वर्षा राउत बनिन् ‘एवाेन भी’को ब्रान्ड एन्डोर्सर

काठमाडाैं – सीजी मोटर्सले अभिनेत्री वर्षा राउतलाई एवाेन भीको ब्रान्ड...

ग्राहकले पाउन थाले सेरेस मिनी ईभी

ग्राहकले पाउन थाले सेरेस मिनी ईभी

काठमाडौं– सेरेस ईभीको नेपालका लागी आधिकारिक वितरक एमएडब्लु बृद्धि...

इलेक्ट्रिक अफरोड एसयूभी जेको जे६ नाडा अटो शोमा सार्वजनिक हुने

इलेक्ट्रिक अफरोड एसयूभी जेको जे६ नाडा अटो शोमा सार्वजनिक हुने

काठमाडौं– चेरी अन्तर्गतको प्रिमियम ईभी ब्रान्ड जेको नेपाल आउने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...