नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ अघि नै काठमाडौंमा देखियो चेरी क्यु
काठमाडौं – बहुप्रतीक्षित चेरी क्यु आधिकारिक सार्वजनिक प्रदर्शन हुनुअघि...
काठमाडौं – राजधानीको भृकुटीमण्डपमा आज देखि प्रारम्भ भएको नाडा अटो शो २०२५ मा टाटाका ईभीमा विशेष फ्रि लाइफ टाइम चार्जिङ अफर उपलब्ध छ । अटो शोमा बुकिङ गर्ने सबै गाडीका लागि सधै नै चार्जिङ निःशुल्क उपलब्ध हुनेछ ।
टाटा ईभीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यसपटक अटो शोमा विशेष तयारीसहित सहभागी भएको छ । टाटाको डिस्प्लेमा टियागो ईभी, पन्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभीजस्ता लोकप्रिय विद्युतीय गाडीहरु प्रदर्शन गरिएका छन् ।
प्रदर्शनी अवधिभर टाटाले अन्य एक्सक्लुसिभ अफर, सजिलो फाइनान्स योजना र विशेष उपहार समेत उपलब्ध गराएको बताएको छ ।

अटोप्रेमीहरूलाई प्रदर्शनीमै प्रत्यक्ष अवलोकन गर्ने र तत्काल बुकिङ गर्ने अवसर हुनेछ। नाडा अटो शो २०२५ मा टाटाको स्टल अनुभव गर्ने प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...