लिफान इलेक्ट्रिक स्कुटरले ल्यायो नयाँ वर्ष २०८१ को अफर, ४५ हजार सम्मको नगद छुट र अन्य

काठमाडौं – लिफान इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक पिनाकल मोटरार्ड प्रालिले नयाँ वर्ष २०८१ को अवसरमा ४५ हजार रुपैयाँ सम्मको नगद छुट अफर, जुनसुकै पुरानो पेट्रोलियम बाइक तथा स्कुटरसँगको एक्सचेन्जमा थप मूल्यांकन र सरल फाइनान्सिङ सहितको नयाँ वर्ष महा धमाका अफर ल्याएको छ । यसका साथै कम्पनीले १ वर्षको वार्षिक कर्, निःशुल्क हेल्मेट तथा १ वर्षको फ्री सर्भिसिङ पनि उपलध गराएको छ ।

नयाँ वर्षको प्रारम्भ गरौं, लिफान चढेर भन्ने नाराका साथ उपलब्ध सो अफर चैत ५ देखि लागु भइसकेको छ भने आगामी २०८१ बैशाख पहिलो साता सम्म लिफान इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकले यो अफर पाउन सक्ने छन् ।

पिनाकल मोटरार्ड प्रालिले हाल लिफानका ई३, ई४ र ई४ ब्रिङ नामक ३ मोडलका इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ । ई३ २ लाख ४९ हजार, ई४ ब्रिङ ३ लाख ९ हजार र ई४ ३ लाख १४ हजार रुपैयाँ बिक्री मूल्य तोकिएको छ ।

ई४ र ई४ ब्रिङलाई फुल चार्ज गर्न ३ घण्टाको समय लाग्ने छ भने ई३ फुल चार्ज गर्न ४ देखि ५ घण्टाको समय लाग्छ । एक पटकको फुल चार्जृमा ७० देखि ८० किलोमिटर सम्मको रेन्ज उपलब्ध हुने कम्पनीका सेल्स म्यानेजर रुपक भट्टराईले बताए ।

तीनवटै स्कुटरमा २ हजार वाटको जर्मन बोस्च मोटर, यूएसबी चार्जिङ पोर्ट, ६० भोल्ट २६ एएचको लिथियम आयोन ब्याट्री र ट्युबलेस टायर पाउन सकिन्छ । कम्पनीले मोटर, ब्याट्री चार्जर र कन्ट्रोलरमा २ वर्षको वारेन्टी प्रदान गरेको छ ।

ई३ मोडल रातो, निलो, पहेलो र सेतो, ई४ मोडल निलो, सेतो र म्याट ब्ल्याक तथा ई४ ब्रिङ मोडल हरियो कलरमा पाउन सकिन्छ । भट्टराईले डेलिभरी कम्पनीहरुको लागि एक्दमै सहज हुने ब्रिङ मोडलको पनि राम्रो माग आइरहेको बताए ।

कम्पनीले फाइनान्सको लागि ‘तपाईंको बजार’ र कुमारी बैंक लिमिटेडसँग सहकार्य गरेर सहज फाइनान्सको सुबिधा पनि उपलब्ध गराएको छ ।

पिनाकल मोटरार्डको हेड अफिस बसन्तचोक, चितवनमा रहेको छ । हालै काठमाडौंको नागपोखरी, नक्साल र चितवनको रिजालचोक, भरतपुरबाट स्कुटरहरुको बिक्री–वितरण हुँदै आएको छ ।

सम्बन्धित समाचारहरू

यस्तो हुन सक्छ १०० किलोवाट बढीका इलेक्ट्रिक कारको नयाँ मूल्य : एउटै कारको ७० लाख सम्म बढ्ने

यस्तो हुन सक्छ १०० किलोवाट बढीका इलेक्ट्रिक कारको नयाँ मूल्य : एउटै कारको ७० लाख सम्म बढ्ने

आगामी आर्थिक वर्षको बजेटमा सरकारले १ सय किलोवाट भन्दा बढी क्षमताको मोटर...

मोबाइल वर्ल्ड कांग्रेसमा शाओमीले देखायो इलेक्ट्रिक कार

मोबाइल वर्ल्ड कांग्रेसमा शाओमीले देखायो इलेक्ट्रिक कार

स्मार्टफोन निर्माता कम्पनी शाओमीले स्पेनको बार्सिलोनामा आयोजित २०२४...

गिलीको पान्डा मिनी ईभी सार्वजनिक : यस्तो छ आकर्षण

गिलीको पान्डा मिनी ईभी सार्वजनिक : यस्तो छ आकर्षण

गिलीले चीनमा पाण्डा मिनी ईभी सार्वजनिक गरेको छ। केही समय पहिले चर्चामा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...